दर्ता. न‌: २४५/०६५/०६६

राष्ट्रिय जनमोर्चा कालीगण्डकी गाउँपालिका द्धारा विरोध सभा सम्पन्न

लेखान्त पुन ११ पौस ०७७ ।पुर्तिघाट। राष्ट्रिय जनमोर्चा कालीगण्डकी गाउँपालिले मंहगी भ्रष्ट्राचार एवं संघियताको विरूद्धमा विरोध सभा सम्पन्न गरेको छ । शनिवार पालिकाको केन्द्र पूर्तिघाटमा सम्पन्न भएको कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य एवं कालीगण्डकी गाउँपालिकाकि उपाध्यक्ष तारा थापाले देशमा बढ्दै गइरहेको मंहगी, भ्रष्ट्राचार तुरून्त रोक्न माग गर्नुभयो । 

संघियताले देशमा आर्थिक अनावश्यक आर्थिक भार थोपरेकोले संघियता छिटो भन्दा छिटो खारेज गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा संसद विघटन गरेको दावि गर्दै संसद पुर्नस्थापनाको माग गर्नुभयो ।

कार्यक्रममा मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य एवं राष्ट्रियजनमोर्चाका केन्द्रीय प्रतिनिधि रामकुमार क्षेत्री, जिल्ला सदस्य पूर्णबहादुर थापा, कालीगण्डकीका अध्यक्ष गंगा के सी, लगायतले मन्तव्य राख्नु भएको थियो । शनिवार नै सम्पन्न भएको अखिल नेपाल युवक संघ कालीगण्डकी गाउँपालिकाको प्रथम भेलाले मेघराज शर्माको अध्यक्षतामा २७ सदस्यिय अखिल नेपाल युवक संघ कालीगण्डकी गाउँपालिका स्तरिय समिती गठन गरेको छ ।

त्यसै गरि कालीगण्डकी गाउँपालिका वडा नम्वर ६ खड्गकोटमा चित्र थापाको अध्यक्षतामा १९ सदस्यिय राष्ट्रिय जनमोर्चा वडा समिती गठन भएको छ ।

« राजावादी चलखेल बढिरहेको बेला प्रधानमन्त्रीले संसद विघटन गर्नु अलोकतान्त्रिक र निरङकुश कदम ः ढुङगाना «

» बरेङमा लेखाशाखा बाट सास्ती खेप्दै उपभोक्ता ःएक योजना फरफारक गर्न ३ दिन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal