दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा लेखाशाखा बाट सास्ती खेप्दै उपभोक्ता ःएक योजना फरफारक गर्न ३ दिन

दिपेन्द्र परियार १४ पौस ०७७ । बरेङ गाँउपालिकामा योजना फछर्यौटका लागि पुग्ने सेवाग्राहीले लेखा शाखाबाट अनावश्यक सास्ती र झण्झट व्यहोर्न बाध्य भएको गुनासो गरेका छन् ।

आईतबार कार्यसम्पन्न गरेर योजना फछर्यौटमा पुगेका एक सेवाग्राहीले कार्यालय  प्रमुखले कागजात जाँचेर तोक लगाएर पठाएपनि लेखा शाखाले अटेरी गरेको भन्दै ३ दिन सम्म पनि भुक्तानी नदिएको बताएका छन् । “हाकिमले पनि नियमानुसार दिनु भनेर तोक लगाउनुभएको छ ,लेखाबाट रोकियो, हामिले काम गरेर बकाईदा काम सकेका पनि छौ,लगातार ३ दिन गयौ तर लेखा शाखाले सबै कागजात पुग्दा पनि रकम दिन आनाकानी गरेर सास्ती दिएपछि भनाभन समेत भयो,  हामीले आन्दोलननै गर्ने तयारी पनि गरेका छौँ उनी भन्छन्, ू गाँउपालिका प्रमुख को फोनको प्रतिक्षामा छौ ”

त्यस्तै नाम नभन्ने सर्तमा अन्य सेवाग्राहीले समेत “लेखा शाखाले जनतालाई  दुख नै दिएको” बताउछन ।

नाम किन भन्नुहुन्न भन्ने हाम्रो प्रश्नमा एक सेवाग्राहीले “उनिहरुलाई फेरि काम गराउनुपर्छ झन  एक हप्ता नै लगाइदिने हुन कि भन्ने डर हुन्छ ”।

हामीले यसै बिषयमा लेखाशाखामा बुझ्दा लेखा प्रमुखले कम्प्युटरमा हुने समस्या र सिस्टम अपडेटका कारण ढिला भएको जिकिर गर्नुभएको छ ।

“सबै उपभोक्ताहरु एकैचोटी आउदा सबै उपभोक्तालाई रकम भुक्तानी एकै चोटि दिने कि पालैपालो दिने यसमा स्पष्ट हुन जरुरी छ ,जानि नजानि हामीले कुनैपनि उपभोक्तालाई अल्झाउने काम गरेका छैनौ ,सबै मान्छेलाई एकैचोटि जम्मा गरेर लेखा शाखा पठाउनु भएननी, उहाँ बताउनुहुन्छ

“हामीले मुख्य गरि योजना सम्पन्न भएका र अनुगमन गरेका योजनाहरुको भुक्तानी गर्ने भनेर भनेका थियौ ३ दिनको अवधिमा ५० बढि चेक प्रिन्ट गरिसकेको छु, हिजोको दिनमा मैले झण्डै २५ वटा चेक काटिसकेको छु”  ।

कार्यालय प्रमुखले यो बिषयमा खासै बोल्न नचाहेपनि घुमाउरो पारामा लेखाबाट कमजोरी भएको स्वीकार्नु भएको छ ।

“मैले सबै कर्मचारीहरुलाई सेवाग्राहीको काम छिटो छरितो र चुस्त तरिकाले गर्न निर्देशन दिएको छु ,उहाँ ले भन्नुभयो,कर्मचारी बेलुकी अबेर सम्म पनि काम गर्छन यो अवस्थामा काम भएन भन्ने अवस्था मेरो रहन्न तापनि सेवाग्राहीबाट आएको गुनासोप्रती हामी कर्मचारी बैठकबाट समस्याको समाधान गरीने छ” ।

गत आ।व बाट नै पालिकाको लेखा शाखाले समयमा  काम नगर्दा कर्मचारीले मासिक खानुपर्ने तलब ३ महिना पछि मात्रै पाएको एक कर्मचारीले बताउनुभयो  । निरन्तर लेखा शाखा बाट कमजोरी भैइरहनु सेवाग्राही प्रतीको घात हो, यस्ता कुरालाई सम्बन्धित निकायले बेलैमा ध्यान दिएर कर्मचारीलाई सेवाप्रती उत्तरदायी बन्न लगाउनु उचित हुने जानकारहरु बताउँछन्  ।

« राष्ट्रिय जनमोर्चा कालीगण्डकी गाउँपालिका द्धारा विरोध सभा सम्पन्न «

» असक्त युवतिलाई उपचारका लागी आर्थिक रकम प्रदान »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal