असक्त युवतिलाई उपचारका लागी आर्थिक रकम प्रदान
दिपेन्द्र परियार १४ पौस ०७७ । सारिरिक असक्त बरेङ गाउपालिका २ की एक युवतिलाई उपचारकालागी आर्थिक रकम सहयोग गरिएको छ ।
रेडियो बिहानीका प्राबिधिक तथा कार्यक्रम प्रस्तोता मिना बिसि मिनु र लोकदोहरी गाएक बि बि पौडेल लगाएतको टिमले तङग्रामकी बर्ष २६ की कोपीला बिसिलाई मंगलबार एक कार्यक्रमका बिच भाउजु बिष्णु बिसीलाई नगद १५ हजार आर्थिक सहयोग प्रदान गरेका हुन ।
रकम सामुदायिक रेडियो बाट प्रसारीत कार्यक्रम लोकभाका र सामाजिक सञ्जाल फेसबुकको माध्यमबात संकलित भएको प्रस्तोता बिसिले बताउनु भयो ।
आर्थिक अबस्था कमजोर भएका कारण अस्पताल जान नसेकेकी बिसि को उपचारको लागी अहिले सामुदायिक रेडियो बिहानीका प्राबिधिक तथा कार्यक्रम प्रस्तोता मिना बिसि मिनु ,गाएक बिबि पौडेल लगाएत युवा हरु सपना खड्का,होम कार्की संगमले कोपिला बिसी उपचार अभियान सञ्चालन गरेका छन । पिडित बिसिका अनुसार उनको दाईने खुट्टामा एक्कासी समस्या देखिएर हिड्डुल गर्न समस्या रहेको छ ।
« बरेङमा लेखाशाखा बाट सास्ती खेप्दै उपभोक्ता ःएक योजना फरफारक गर्न ३ दिन «
» तिन महिनामै चालु आर्थिक बर्षमा स्वीकृत भएका सम्पुर्ण योजनाहरु फछर्यौट »







