दर्ता. न‌: २४५/०६५/०६६

तिन महिनामै चालु आर्थिक बर्षमा स्वीकृत भएका सम्पुर्ण योजनाहरु फछर्यौट

दिपेन्द्र परियार १४ पौस ०७७ । बरेङ गाँउपालिकाको वडा न ५ सुखौराले चालु आर्थिक बर्षमा स्वीकृत भएका सम्पुर्ण योजना तथा कार्यक्रमहरु सम्पन्न गरेर फरफारक समेत गरेको छ ।

चालु आर्थिक बर्षमा वडा न ५ कालागी स्वीकृत भएका गाँउपालिका स्तरिय कुल १३ योजनाहरु मध्ये १२ योजना सम्पन्न भएका र ति सबै योजनाहरुको फरफारक समेत गरिएको वडा न ५ का अध्यक्ष अमर बहादुर सेरपुर्जाले बताउनु भयो ।

गत भदौ ३० गते सबै योजनाहरुको सम्झौता गरेर कार्य थालनी गरेको वडाले ३ महिनाको अन्तरालमा सबै योजनाहरुको कार्य सम्पन्न गरेको हो ।

“म समयमै योजना सम्पन्न गर्नका लागी बिहान देखि बेलुका सम्म खट्ने गरेको छु,त्यहि कारणनै यो अबधिमा कार्य सम्पन्न गर्न सफल भएका हौ ,गर्न चाहने हो भने केहि पनि असम्भब छैन सेरपुर्जाले भन्नुभयो ”

अब सुखौरा स्वास्थ्य चौकीको ट्रस हाल्ने काम मात्रै बाँकी रहेको जनाउदै यो कार्यपनि २ ÷३ दिनमै सम्पन्न हुने अध्यक्ष सेरपुर्जाको भनाई छ ।

सेरपुर्जाका अनुसार कतिपय योजनामा पालिकाबाट बिनियोजित बजेट कम भएकोमा वडाले आन्तरिक स्रोतबाट समेत रकम थप गरेर पनि योजना सम्पन्न गरेको छ ।  गाउँपालिकाले यस वर्ष वडा न ५ का लागी ५५ लाख रुपैयाँ विनियोजन गरको थियो ।

वडा न १ धुल्लुबास्कोटमा चालु आर्थिक बर्षमा परेका वाडस्तरिय कुल २१ योजना मध्ये ८ वटा योजना मात्रै सम्पन्न भएका वडा सदस्य छत्र बहादुर थापाले बताउनु भयो । वडा न १ मा चालु आर्थिक बर्षमा २१ योजनाका लागी ७० लाख बजेट बिनियोजन भएको छ ।

त्यस्तै वडा न २ हुग्दिसिरमा चालु आर्थिक बर्षमा परेका वाड स्तरिय कुल ३७ योजना मध्ये १४ वटा योजना सम्पन्न भएकाछन १८ योजना सञ्चालनमा रहेका र ४ योजना सम्झौतानै नभएका वडा अध्यक्ष गुप्त प्रसाद काला थापाले बताउनु भयो ।थापाका अनुसार सम्झौता हुन नसकेका ४ योजनाहरुको शिर्सक बदल्नु परेकोले सम्झौता नभएका हुन ।

वडा न २ मा चालु आर्थिक बर्षमा ३७ योजनाका लागी ७६ लाख बजेट बिनियोजन भएको छ ।

यस्तै वडा न ३ बाटाकाचौरमा चालु आर्थिक बर्षमा परेका वाड स्तरिय कुल २८ योजना मध्ये २६ योजना सम्झौता भएकामा ७ वटा योजनामात्रै सम्पन्न भएका कार्यबहाक वडा अध्यक्ष दुर्गाकार्कि थापा क्षेत्रीले बताउनु भयो । उहाँका अनुसार २ योजनामा स्थानियको बिबादका कारण सम्झौता हुन नसकेको हो ।

वडा न ३ बाटाकाचौरमा कुल २८ योजनाका लागी ७० लाख बजेट बिनियोजन भएको छ ।

यता वडा न ४ सल्यानमा चालु आर्थिक बर्षमा परेका वाड स्तरिय कुल २० योजना मध्ये १८ योजनाहरुको कार्य सम्पन्न गरेर फरफारको अन्तिम चरणमा रहेको वडा अध्यक्ष लिल बहादुर खत्रीले बताउनुभएको छ । एउटा योजनाको कार्य सञ्चालन भैरहेको जानकारी दिदै खत्रीले अर्को एउटा योजनाको शिर्सक बदल्न परेकोले सम्झौता नभएको बताउनु भयो ।

वडा न ४ सल्यानमा कुल २० योजनाका लागी ५५ लाख बजेट बिनियोजन भएको छ ।

« असक्त युवतिलाई उपचारका लागी आर्थिक रकम प्रदान «

» बरेङमा माननिय कृष्ण थापाको गाडी तोडफोड »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal