बरेङमा माननिय कृष्ण थापाको गाडी तोडफोड
दिपेन्द्र परियार १८ पौस ०७७ । गण्डकी प्रदेश सभासद सदस्य तथा गण्डकी प्रदेस मामिला सभापति माननिय कृष्ण थापाको गाडी तोडफोड भएको छ ।
बरेङ गाँउपालिका वडा न ३ बाटाकाचौरको साग्दीमा गएराति अज्ञात समुहले सरकारी नम्बर पेलट ग १ झ ५७१ न्ां.को स्कारपीयो गाडिको पछाडीको सिसा फुटाई दिएको ईलाका प्रहरी कार्यलय बरेङ का प्रहरी नायब निरिक्षक लक्षमण देबकोटाले बताउनु भयो ।
घटनाको बिषयमा आबस्यक अनुसन्धान भैरहेको देवकोटाले बताउनु भयो ।
राष्ट्रिय जनमोर्चाले संचालन गरेको बिशेष संगठनात्मक अभियानमा सहभागी हुन थापाबरेङ आउनु भएको हो ।
पार्किङ गरेर राखेको सरकारी गाडीमा ताडफोड गर्ने घिनलाग्दो कार्य भएको भन्दै बरेङ गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले दोसी माथी कडा भन्दा कडा कार्बाही गर्नुपर्ने बताउनु भयो ।
पार्टिको कार्यक्रममा सरकारी गाडी प्रयोग गरिएको भनेर कतिपयले आलोचना समेत गरेका छन ।
« तिन महिनामै चालु आर्थिक बर्षमा स्वीकृत भएका सम्पुर्ण योजनाहरु फछर्यौट «
» नेपाल दुई साम्राज्यवादी मुलुकको चक्रब्युहमा फसेको ढुङगानाको भनाई »







