दर्ता. न‌: २४५/०६५/०६६

नेपाल दुई साम्राज्यवादी मुलुकको चक्रब्युहमा फसेको ढुङगानाको भनाई

दिपेन्द्र परियार बरेङ २३ पौस ०७७ राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको बिशेष संगठनात्मक अभियान  आज जैमिनी नगरपालिकाको जैदी, गल्कोट नगरपालिकाको हरिचौर र ढोरपाटन नगरपालिकाको बोबाङमा सम्पन्न भएको छ । 

कार्यक्रम अन्तरगत टोली नं। १ ले जैमिनी नगरपालिका वडा नं। ७ जैदीको थुम्कामा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले प्रधानमन्त्रीको असंवैधानिक कदमले मुलकमा राजनैतिक अस्थिरता उत्पन्न भएको बताउनु भएको छ । राजनैतिक अस्थिरताको फाईदा बिदेशी शक्ति केन्द्रले उठाउने गरेको प्रसंङ्ग कोट्याउदै ओलीका कारण नेपाल दुई साम्राज्यवादी मुलुकको चक्रब्युहमा फसेको बताउनु भयो । यस्ता गतिविधिले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षता समेत गुम्ने खतरा बढेकोले आन्दोलनमा होमिनुको बिकल्प नरहेको ढुङगानाको भनाई छ  ।

कार्यक्रममा अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य दिल बहादुर दर्जी, राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष तिलक थापा, अखिल नेपाल जनजाती सम्मेलनका पुर्व केन्द्रीय सल्लाहकार नर बहादुर पुन, अखिल नेपाल युवक संघ बागलुङका उपाध्यक्ष कृष्णराज शर्मा सञ्जालले मन्तब्य दिनुभएको थियो । 

कार्यक्रम वडा समितिका अध्यक्ष शिव पौडेलको अध्यक्षता,  वडा समिति सचिव गोबिन्द पौडेलको स्वागत मन्तब्य तथा पशुपति शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

त्यस्तै टोली नं २ ले गलकोट नगरपालिका वडा नं। ५ हरिचौरमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका बागलुङका अध्यक्ष अमर थापा, अतिथिहरुमा उपाध्यक्ष धर्म बहादुर कुँवर, सचिव भिमलाल पोखरेल, जिल्ला सल्लाहकार बेदीलाल सापकोटा, राष्ट्रिय जनमोर्चा गलकोटका अध्यक्ष टंक बहादुर के।सी।, अखिल नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष मित्र ढकाल, अखिल नेपाल राष्ट्रिय उद्योग ब्यापार संघ बागलुङका अध्यक्ष पदम श्रेष्ठ, जातीय समता समाजका खडक बि।क।, अखिल नेपाल महिला संघ हरिचौरका अध्यक्ष देबी खत्रीले मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रम वडा समितिका अध्यक्ष अमर बहादुर खत्रीको अध्यक्षता, तम बहादुर कार्कीको स्वागत मन्तब्य तथा टिकाराम कडेलको सञ्चालनमा सम्पन्न भएको थियो । 

त्यस्तै टोली नं। ३ ले ढोरपाटन नगरपालिका वडा नं ७ को बोवाङमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, राष्ट्रिय जनमोर्चा बागलुङका  सदस्य तथा ढोरपाटन नगर अध्यक्ष दिपक थापा, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य धन बहादुर अदै, पन बहादुर बि।क।, अखिल नेपाल महिला संघका सुनमाया घर्तीले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम वडा समितिका उपाध्यक्ष झक बहादुर अदैको अध्यक्षता, चक बहादुर अदैको स्वागत मन्तब्य,तथा अखिल नेपाल युवक संघ नगर सदस्य रकम कायतको सञ्चालनमा सम्पन्न भएको थियो ।तिलक थापाले खबर पठाउनु भएको छ ।

« बरेङमा माननिय कृष्ण थापाको गाडी तोडफोड «

» जिल्ला प्रषाशन कार्यलयबाट बरेङ गाउपालिकामा छड्के, हाजिर नगर्ने कर्मचारीलाई ३ दिन भित्र स्पष्टीकरण सोध्न प्रमुख प्रषाशकिय अधिकृत लाई निर्देशन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal