सिवाईसी साकोस सेवाकेन्द्र बाटाकाचौरको साधारण सभा उद्घाटन ।
केशब राज क्षेत्री, बाटाकाचौर । १६ भाद्र २०७५ । सिवासी बचत तथा ऋण सहकारी संस्था लि. सेवाकेन्द्र बाटाकाचौर बागलुङको नवौ बार्सिक साधारण सभाको उद्घाटन भएको छ ।
दिगो बिकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नाराका साथ शनिबार सम्पन्न गर्न लागिएको साधारण सभाको प्रमुख अतिथी बरेङ गाउँपालिकाका प्रमुख कृष्ण प्रसाद शर्माले पानसमा बत्ती बालेर र ब्यानर पढेर उद्घाटन गरे ।
कार्यक्रममा बिशिस्ट अतिथि बरेङ गाउँपालिकाका प्राशासकिय अधिकृत बैकुन्ठ शर्मा र बरेङ गाउँपालिका वडा नं. ३ का अध्यक्ष पुर्ण बहादुर खनालले शुभकामना मन्तब्य ब्यक्त गरे ।
सेवा केन्द्रका संयोजक मदन बहादुर कार्किको अध्यक्षतामा अगाडी बढेको कार्यक्रम पृथ बहादुर पुनको स्वागत र प्रेम बहादुर खत्रीको सञ्चालनमा अगाडी बढेको छ ।