जिल्ला प्रषाशन कार्यलयबाट बरेङ गाउपालिकामा छड्के, हाजिर नगर्ने कर्मचारीलाई ३ दिन भित्र स्पष्टीकरण सोध्न प्रमुख प्रषाशकिय अधिकृत लाई निर्देशन
दिपेन्द्र परियार २५ पौस ०७७ । शनिबार बरेङ आउनु भएका बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेस न्यौपाने र साहयक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले बरेङ गाँउपालिकाको कामकाज तथा सेवा प्रबाहबारे निरिक्षण गर्नुभएको छ ।
निरिक्षणको क्रममा पालिकाका अधिकांस कर्मचारी नियमित उपश्थित देखिएपनि कतिपय कर्मचारी हरुले नियमित हाजिर नगरेको ,बिदास्वीकृत नगराई बिदामा बसेको तथा फिल्डमा जाँदा पनि पास नगराईकन जाने गरेको पाईएको छ ।
नियमित कार्यलयमा उपश्थित नहुने र हाजिर नगर्ने कर्मचारीलाई ३ दिन भित्र स्पष्टीकरण सोध्न साहयक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले प्रमुख प्रषाशकिय अधिकृत रमेश थापा लाई निर्देशन समेत दिनुभएको प्रशाषन अधिकृत रामचन्द्र शर्माले बताउनु भयो । यसै सन्दर्भमा प्रमुख जिल्ला अधिकारी न्यौपानेले गाँउपालिका अन्तर्गत रहेका कर्मचारीहरुले सेवाग्राही पर्ति गर्ने ब्यबाहारको बिषयमा समेत चासो ब्यक्त गर्नुभएको थियो ।
« नेपाल दुई साम्राज्यवादी मुलुकको चक्रब्युहमा फसेको ढुङगानाको भनाई «







