दर्ता. न‌: २४५/०६५/०६६

बाग्लुङका प्रमुख जिल्ला अधिकारी न्यौपाने सहितको टोली बरेङमा ः गाँउपालिकाका ३ सामुदायिक स्वास्थ्य ईकाईको जग्गा निरिक्षण

दिपेन्द्र परियार बरेङ २५ पौस ०७७ बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेस न्यौपाने सहितको टोलीले शनिबार बरेङ गाँउपालिकाका ३ सामुदायिक स्वास्थ्य ईकाई स्थापनार्थ निशुल्क उपलब्ध जग्गाको निरिक्षण  गरेको छ ।

ग्रामिण भेगका नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न पालिकाको वडा न १ धुल्लुबास्कोटको लुग्रुङ,लिउवा र गडेलमा स्थापना गर्न लागेको स्वास्थ्य ईकाईको भबन निमार्णको लागी उपलब्ध गराईएको जग्गाको प्रमुख जिल्ला अधिकारी सुरेस न्यौपाने ,साहयक प्रमुखजिल्ला अधिकारी उपेन्द्र राज पौडेल ,जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु ,मालपोत कार्यलय र नापि कार्यलयका प्रमुख सहितको टोलीले निरिक्षण गरेको हो ।

निरिक्षणको क्रममा प्रमुखजिल्ला अधिकारी न्यौपानेले जग्गादाताले निशुल्क उपलब्ध गराएको जग्गा असाध्यै मिलेको र स्वास्थ्य सस्थाका लागी अतिनै उपयुक्त भएको बताउनु भएको छ ।

स्वास्थ्य सस्था जस्तो पबित्र सेवा पु¥याउने सस्थाका लागी निशुल्क जग्गा उपलब्ध गराउने नागरिकको प्रसन्सा गर्दै गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त हुनेमा ढ्ुक्क हुन प्रमुख जिल्ला अधिकारीको आग्रह छ ।

स्वास्थ्य चौकी निर्माणको लागि निशुल्क रुपमा जग्गा दान गर्ने भूमा पाध्यानी, छिमा देवी पाध्यानी, तेज नारायण शर्मा र नन्द बहादुर थापालाई प्रमुख जिल्ला अधिकारी न्यौपानेले अबिर माला लगाई सम्मान गर्नु भएको थियो ।

निरिक्षणको क्रममा बरेङ गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले आफ्ना नागरिकलाई सहज स्वास्थ्यसेवामा पहुच पु¥याउन लागीपरेको बताउनु भयो । सबैभन्दा ठुलो दान जग्गा दान भएको बताउदै स्वास्थ्य सस्था निर्माणका लागी  निशुल्क जग्गा उपलब्ध गराउने सबै नागरिकलाई बिशेष धन्यबाद दिनुभयो ।निरीक्षण र जग्गा पास भए पछि तत्कालै भवन निर्माण कार्य थालिने अध्यक्ष  शर्माले बताउनु भयो ।

जिल्ला प्रसाशन कार्यलयका प्रमुख हरुको आगमनले बरेङको बिकास निर्माण र सेवा प्रबाहमा सकारात्मक उर्जा प्रदान गरेको भन्दै पालिकाका प्रमुख प्रषाशकिय अधिकृत रमेश थापाले आफुलाई काम गर्न हौसला थपिएको बताउनु भयो ।

« जिल्ला प्रषाशन कार्यलयबाट बरेङ गाउपालिकामा छड्के, हाजिर नगर्ने कर्मचारीलाई ३ दिन भित्र स्पष्टीकरण सोध्न प्रमुख प्रषाशकिय अधिकृत लाई निर्देशन «

» २ दिन भित्र निर्माण सामाग्री सडक बाट हटाउन प्रजिअ न्यौपानेको निर्देशन ः अटेरी गर्ने जोकोहि लाईपनि कार्बाही गर्ने प्रहरी निरिक्षक देबकोटाको चेतावनी »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal