दर्ता. न‌: २४५/०६५/०६६

२ दिन भित्र निर्माण सामाग्री सडक बाट हटाउन प्रजिअ न्यौपानेको निर्देशन ः अटेरी गर्ने जोकोहि लाईपनि कार्बाही गर्ने प्रहरी निरिक्षक देबकोटाको चेतावनी

दिपेन्द्र परियार बरेङ २५ पौस ०७७बाग्लुङका प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा प्रमुखहरुले बरेङ बजारको अनुगमन गरेका छन ।

शनिबार बरेङ बजारको पिच सडक तथा पसल समेत अनुगमन गर्नुभएका न्यौपानेले भरखरै निर्माण सम्पनन भएको पिच सडकमा जथाभाबि निर्माण सामाग्री राखेको तथा पसलमा जथाभाबि पेट्रोलियम पदार्थहरु राख्दा जुनसुकै बेला दुर्घटना हुने जोखिम भएको भन्दै तत्काल त्यसको ब्यबस्थापन गर्न निर्देशन दिएको बताउनु भयो ।

“मैले बजार अनुगमन पछि ईलाका प्रहरी कार्यलय बरेङका प्रमुख प्रहरी निरिक्षक लक्षमण देबकोटालाई २ दिन भित्र निर्माण सामाग्री बाटो बाट हटाउन र पेट्रोलियम पर्दाथको उचित ब्यबस्थापन गर्न निर्देशन दिएको छु” प्रजिअ न्यौपानेले भन्नुभयो ।

प्रजिअ न्यौपानेको निर्देशन अनुसार आफुले निर्माण ब्यबसायि तथा पसले हरुलाई सडकका सामाग्री हटाउन र पेट्रोलियम पदार्थको उचित ब्यबस्थापन गर्न आग्रह गरेको ईलाका प्रहरी कार्यलय बरेङका प्रमुख प्रहरी निरिक्षक लक्षमण देबकोटाले बताउनु भयो । 

यदि प्रहरीको आग्रह नमान्ने र अटेरी गर्ने जोकोहि लाई पनि कार्बाही गर्ने प्रहरी निरिक्षक देबकोटाले चेतावनी दिनुभयो ।

शनिबार स्वास्थ्य ईकाई निर्माणका लागी उपलब्ध जग्गाको निरिक्षण गर्न न्यौपाने सहित जिल्लाका सुरक्षा प्रमुखहरुको टोली बरेङ आएको हो । 

« बाग्लुङका प्रमुख जिल्ला अधिकारी न्यौपाने सहितको टोली बरेङमा ः गाँउपालिकाका ३ सामुदायिक स्वास्थ्य ईकाईको जग्गा निरिक्षण «

» बरेङ बाटाकाचौरका २ बिद्यालयमा प्रथम त्रैमासिक परिक्षा २०७७ को नतिजा प्रकासन तथा पुरस्कार बितरण »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal