दर्ता. न‌: २४५/०६५/०६६

बरेङ बाटाकाचौरका २ बिद्यालयमा प्रथम त्रैमासिक परिक्षा २०७७ को नतिजा प्रकासन तथा पुरस्कार बितरण

दिपेन्द्र परियार २५ पौस ०७७ । बरेङ गाउपालिकाको वडा न ३ बाटाकाचौरका २ बिद्यालयमा प्रथम त्रैमासिक परिक्षा २०७७ को नतिजा प्रकासन तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।

वडाको बालबिकास आधारभुत आधारभुत बिद्यालय बाटाकाचौर खाल्लेमा प्रथम त्रैमासिक परिक्षा २०७७ को नतिजा प्रकासन तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।

परिक्षाको नतिजा कक्षाध्यापक हरुले प्रश्तुत गर्नुभएको थियो ।परिक्षामा प्रथम ,द्धितिय ,तृतिय र उत्तृण हुने सम्पुर्ण बिद्यार्थिलाई आज शुक्रबार पुरस्कार बितरण गरिएको हो ।

कोभिड माहामारीका कारणले पठन पाठनमा असहजता भएपनि बिभिन्न माध्यम बाट सिकाई सहजिकरण गरिएकाले नतिजा राम्रो रहेको बिद्यालयका प्रधानध्यापक लिलाधर शर्माले बताउनु भयो ।

कर्यक्रम बिद्यालय का प्रधानध्यापक लिलाधर शर्माको अध्यक्षता शिक्षक जित बहादुर बुढाको सञ्चालनमा सम्पन्न भएको थियो । 

त्यस्तै ज्ञनोद्धय आधारभुत बिद्यालय बाटाकाचौरमा प्रथम त्रैमासिक परिक्षा २०७७ को नतिजा प्रकासन तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।

परिक्षामा प्रथम ,द्धितिय ,तृतिय र उत्तृण हुने सम्पुर्ण बिद्यार्थिलाई आज शुक्रबार शिक्षक, अभिबावक, बिद्यार्थि हरुको भेला आयोजना गरि बिद्यालय ब्यबस्थापन समितीका सदस्यहरु लगाएत शिक्षक अभिबाबक समितिका सदस्य हरुले पुरस्कार बितरण गर्नुभएको हो ।

कोभिड माहामारीका कारणले पठन पाठनमा असहजता भएपनि बिभिन्न माध्यम बाट सिकाई सहजिकरण गरिएकाले नतिजा सन्तोसजनक रहेको बिद्यालयका प्रधानध्यापक मदनबहादुर कार्कीले बताउनु भयो ।

नतिजा प्रकाशन पश्चात बिद्यालयको शैक्षीक गुणस्तर थप बृद्धि गर्नकालागीे शिक्षक, अभिबावक, बिद्यार्थि र प्रधानध्यापक बिच अन्र्तक्रिया कार्यक्रम समेत गरिएको छ ।

कार्यक्रममा आफ्नो बिषयमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थिहरुलाई प्रोत्साहन स्वरुप नेपाली बिषय शिक्षक मदन बहादुर कार्कि र बिज्ञान बिषय शिक्षक आनन्द कुमार यादबले ब्यक्तिगत रुपमा पुरस्कार बितरण गर्नुभएको प्रधानध्यापक कार्किले जानकारी दिनुभयो ।

भेलाले बिद्यालयलाई जङफुड रहित बनाउनकालागी कक्षा ६ ÷८ का बिद्यार्थिलाई घरबाटै खाजाको ब्यबस्था गरिल्याउने निर्णय गरिएको छ ।

भेलामा बिद्यालयका प्रधानध्यापक कार्कीले शैक्षिक आर्थिक भौतिक एबं सामाजिक क्षेत्रहरुलाई समेटि भाबी कार्ययोजना सर्बसम्मतिले पारित गरेको छ ।

कर्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हिम बहादुर थापाको अध्यक्षता शिक्षक होमनाथ न्यौपानेको स्वागत र कक्षागत शिक्षकहरुको मन्तब्य साथै शिक्षक चन्द्रमणि न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

« २ दिन भित्र निर्माण सामाग्री सडक बाट हटाउन प्रजिअ न्यौपानेको निर्देशन ः अटेरी गर्ने जोकोहि लाईपनि कार्बाही गर्ने प्रहरी निरिक्षक देबकोटाको चेतावनी «

» बरेङ गापाद्धारा नव विवाहित बुहारी सम्मान कार्यक्रमको सुरुवात »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal