दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गापाद्धारा नव विवाहित बुहारी सम्मान कार्यक्रमको सुरुवात

२६ पौष २०७७ ।  बरेङ । बागलुङको बरेङ गाउँपालिकाले पालिकाभित्र विवाह भै आउने नव विवाहित बुहारीलाई सम्मान गर्ने भएको छ ।

“गाउँपालिकाको इच्छा, छोरी बुहारीलाई उच्च शिक्षा” भन्ने सोच र “पालिकाको एउटै सन्देश, बालविवाह मुक्त हाम्रो सरकार” भन्ने लक्ष्यलाई सार्थक तुल्याउन लक्षित वर्ग उत्थान कार्यक्रम अन्र्तगत आज (आइतबार)बाट लागू हुने गरि पालिकाले नव विवाहित बुहारी स्वागत तथा सम्मान कार्यक्रमको सञ्चालन गरेको हो ।

कम्तीमा ८ कक्षा उत्तीर्ण गरेको, २० वर्ष उमेर पुगेको, सम्बन्धित वडामा ३५ दिनभित्र विवाह दर्ता गरेको, दुलाहा दुलही पालिकाभित्रका भएमा फरक फरक वडा भएको र दुलाहा बरेङ गाउँपालिकाको र दुलही जुनसुकै जिल्लाको भएपनि आवश्यक मापदण्ड पूरा गरेको नव विवाहित बुहारीलाई सम्मान गरिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । 

पालिकाको जुन वडाभित्र विवाह भएर आएतापनि सम्बन्धित वडा समितिको निर्णयानुसार बुहारी छनौट गरि प्रत्येक एक–एक महिनामा एक कार्यक्रमको आयोजना गरि सम्मान एवम् स्वागत गर्ने, सम्बन्धित तह र तप्काका प्रतिनिधि उपस्थित गराउनुपर्ने ढाँचा सहित पालिकामा भित्रिने प्रति बुहारीलाई एक हजार नगद, नव दम्पतीका लागि आवश्यक पर्ने पारिवारिक जीवनसँग सम्बन्धित पुस्तक, पारिवारिक योजना निर्माणका लागि आवश्यक पर्ने डायरी, कापी, कलम, स्वास्थ्य एवम् सरसफाई सम्बन्धी सामग्री, सम्मान तथा प्रशंसापत्र र अन्य उपहार वडा समितिले निर्णय गरेअनुसार प्रदान गरिने प्रशासकीय अधिकृत थापाले जानकारी गराउनुभयो ।

नव विवाहित बुहारीलाई समाजमा घुलमिल हुने वातावरण सिर्जना गरि सामाजिकीकरणमा सहयोग गर्ने, सामाजिक मेलमिलाप सहित सुःसस्कृत एवम् सभ्य समाज निर्माणका लागि उत्पे्ररित गर्ने, आधारभूत तहसम्मको शिक्षालाई अनिवार्य गर्ने, तोकिएको समयमा विवाह दर्ता गर्न प्रोसाहित गर्ने, व्यक्तिगत तथा पारिवारिक स्वास्थ्य सरसफाईमा विशेष जोड दिने जस्ता कार्यमा सहयोग पुग्ने र अपेक्षित उपलब्धि हासिल गर्ने पूर्ण विश्वासका साथ यस्तो कार्यक्रमको थालनी गरिएको पालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।

पालिकाले चालु आर्थिक वर्षमा लक्षित वर्ग उत्थानका लागि ७ लाख रकमको विनियोजन गरेको छ ।

« बरेङ बाटाकाचौरका २ बिद्यालयमा प्रथम त्रैमासिक परिक्षा २०७७ को नतिजा प्रकासन तथा पुरस्कार बितरण «

» बरेङ समाज,सभ्य समाज निर्माणका लागि इ.प्र.का र गा.पाबीच समझदारी »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal