दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा माघी मेला सम्पन्न

दिपेन्द्र परियार २ माघ ०७७ हरेक बर्ष माघे सक्रान्तिको अबसरमा बरेङ बजारमा लाग्ने माघी मेला सम्पन्न भएको छ ।

गत पौस २७ गतेदेखि मनकामना युवाकल्बको २९ औ बार्सिकोत्सब तथा माघेसक्रान्तीको अबसरमा आयोजित मेला शुक्रबार सम्पन्न भएको हो ।

मेलाको अबसरमा आयोजित पुरुस भलिबल प्रतियोगीतामा हाडिकोट युवा कल्ब राङखानी प्रथम , एभ्रेष्ट युवा कल्ब खोेलाखानी द्धितिय, मंगलापुर बिकास केन्द्र गुरुङधारा तृर्तिय र प्रगति युवा कल्ब दलेङ सान्त्वना भएका छन । 

भबिबल प्रतियोगीताका बिजेता हरुलाई क्रमसः ८ हजार बोका र प्रमाण पत्र ,६ हजार बोका र प्रमाण पत्र , ४ हजार र बोका र प्रमाण पत्र,तथा  २५ सय नगद र प्रमाण पत्र पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै खुला नृत्य प्रतियोगितामा आयोजक प्रथम, सर्बोदय माबि (बि) द्धितिय, सर्बोदय माबि (ए) तृर्तिय र सिग्धारा शान्त्वना भएका कल्बका पुर्ब अध्यक्ष मोहन पुनले बताउनु भयो ।

खुला नृत्य प्रतियोगिताका बिजेताहरुलाई क्रमस ५ हजार र प्रमाण पत्र ,३ हजार र प्रमाण पत्र ,२ हजार र प्रमाण पत्र तथा  १ हजार र प्रमाण पत्र पुरस्कार प्रदान गरिएको पुनले बताउनु भयो ।

त्यस्तै बक्तित्वकला प्रतियोगितामा भृकुटि माध्यमीक बिद्यालयका सारदा गिरि प्रथम,सर्बोदय माध्यमिक बिद्यालयका निमकुमारी गिरि द्धितिय,,पुरसोद्धय माध्यमिक बिद्यालयका सुमन क्षेत्री तृर्तिय तथा सर्बोदय माध्यमिक बिद्यालयका आषा थापा सान्त्वना भएका छन । बिजेता हरुलाई पुरस्कार स्वरुप क्रमस नगद ५ हजार ३ हजार ,२ हजार र १ हजार प्रदान गरिएको कल्बका अध्यक्ष कमल पुनले बताउनु भयो ।

मेलामा कृषी प्रदशनि तर्फ स्थानिय कृषकहरुको उत्साजनक सहभागिता रहेको थियो । कृषकहरुले, उत्पादन गरेका बिभिन्न कृषीजन्य उपजहरु तथा पशु पंक्षी प्रदर्शन गरेका छन ।

जसमा मुला मा ओमकार पौडेल,काक्रोमा बुद्धि प्रसाद शर्मा,लोकल भाले पोथीमा राम बहादुर पुन,तरुलमा केसब गिरि,झाते तरुलमा जनक पौडेल ,खसीमा दिपक आर्चाय लाई पुरस्कृत गरिएको छ ।

कृषी प्रदशनि प्रतियोगीताले कृषकहरुलाई उत्साहित बनाएको बताउदै यस्ता कार्यक्रम हरुले आफुहरुलाई थप कृषीकर्ममा लाग्न प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन ।

मनकामना युवाकल्ब बरेङ २ सिग्दिले प्रतेक बर्ष माघ १ गते आफ्नो बार्सिकोत्सबको अबसरमा मेलाको आयोजना गर्दै आईरहेको छ ।

« बरेङ समाज,सभ्य समाज निर्माणका लागि इ.प्र.का र गा.पाबीच समझदारी «

» बरेङ गाँउपालिकाले बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal