बरेङ गाँउपालिकाले बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने
दिपेन्द्र परियार २ माघ ०७७ बागलुङको बरेङ गाँउपालिकाले बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने भएको छ । गुणस्तरिय स्वास्थ्य सेवालाई सबै नागरिकको सर्बसुलभ पहुचमा पु¥याउन स्थानिय तहको समेत दायित्व रहेको भन्दै बिद्यालय तहबाट योजना कार्यन्वन गर्न लागिएको हो ।
“हाम्रो बरेङ स्वस्थ बरेङ ”भन्ने लक्ष्यलाई सार्थक तुल्याउन बिधार्थी स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले बताउनुभयो ।
स्वास्थ्यकर्मीहरुले बिद्यार्थीको रक्तचाप, ज्वरो, तौल र उचाई, आँखाको दृष्टि तथा कानको श्रवण शक्ती परिक्षण गर्नुका साथै बिद्यार्थीको आबश्यकता अनुसार स्वास्थ्य परामर्श दिने छन् । कार्यक्रमले प्रारम्भिक बाल बिकास केन्द्र देखि कक्षा १२ सम्मका बिद्यार्थीहरुलाई समेट्ने छ ।
» बरेङ गाउँपालिकमा “प्रहरी सँग एक दिन विद्यार्थी कार्यक्रम” सुरु »







