दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाउँपालिकमा “प्रहरी सँग एक दिन विद्यार्थी कार्यक्रम” सुरु

दिपेन्द्र परियार ६ माघ ०७७ बागलुङको बरेङ गाउँपालिकमा “प्रहरी सँग एक दिन विद्यार्थी कार्यक्रम” सुरुभएको छ । 

सोमबार इलाका प्रहरी कार्यालय बरेङ डाँडाका प्रमुख प्रहरी निरिक्षक लक्षमण देबकोटाको कमाण्डमा ४ जनाको टोलीले बरेङ बजार स्थित सर्बोदय माध्यमिक बिद्यालयका कक्षा ११ र १२ का बिद्यार्थिलाई आधारभुत सुरक्षा ,किसोर किसोरी अबस्थामा आउने खतरा ,टा«फिक तथा सडक सुरक्षा,र सामाजीक सञ्जाल प्रयोग गर्दा ध्यानदिनु पर्ने कुराहरु लागु औसधको असर र कानुनि प्राबधान लगाएतका बिषयमा सचेत गराएको ईलाका प्रहरी कार्यलय बरेङ डाडाले जानकारी दिएको छ । 

बरेङ समाज, सभ्य समाज निर्माणका लागि गाउँपालिकाको आर्थिक सहयोगमा “सुरक्षा विकासको पूर्व सर्त हो र विकास सुरक्षित समाजको आधार हो” भन्ने नारालाई मनन् गर्दै स्थानीय विकास, सेवा प्रवाह र सुरक्षालाई एकीकृत रुपमा अगाडि बढाउन कार्यक्रमले महत्वपुर्ण भुमीका खेल्ने अपेक्षा लिईएको छ ।

राष्ट्रिय विकासको लागि आवश्यक जनशक्ति तयार गर्न तथा सर्वधारण जनताको सदाचार, शिष्टाचार र नैतिकता कायम राख्न पालिकाभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा शान्ति, सुरक्षा एवं सुव्यवस्थाका विषयमा जीवन उपयोगी शिक्षा हासिल गराउन वाञ्छनीय भएकाले प्रहरी सँग एक दिन विद्यार्थी कार्यक्रमक सञ्चालन गरिएकोे पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । 

कार्यक्रमले शान्ति, सुरक्षा र व्यवस्थालाई सु–व्यवस्थित गर्न, विद्यार्थीलाई असल र जिम्मेवार नागरिक बनाउन, नैतिक शिक्षा दिन, लागूपदार्थ दुव्यर्सन निराकरण गर्न, सामाजिक सञ्जालको दुरुपयोग, विद्युतीय अपराध नियन्त्रण, ट्राफिक सचेतना, घरेलु मदिराजन्य पदार्थलाई निरुत्साहित गर्न, सडक दुर्घटना कम गर्न “जोखिमपूर्ण यात्रा बहिष्कार, हाम्रो सुरक्षाको आधार” नाराको विद्यालयस्तरबाट नै कार्यान्वयन गर्न, विपद् व्यवस्थापन सम्बन्धी खोज, उद्धार, राहत तथा पुनःस्थापना सम्बन्धी जानकारी गराउन, अपराध रोकथाम, सामाजिक विकृति विसङ्गति विरुद्ध जनचेतना जगाउन, सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि मार्फत सामुदायिक सुरक्षालाई प्रत्याभूत गर्ने उद्देश्यका साथ पालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ८ देखि १२ सम्मका र सर्वोदय क्याम्पसका विद्यार्थीहरुका लागि सचेतना कार्यक्रम गर्ने पालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।

कार्यक्रम २०७७ चैत्र मसान्तसम्म निरन्तर सञ्चालन हुने बताइएको छ ।

« बरेङ गाँउपालिकाले बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने «

» नागरिकको जीवनयापनमा सुधार ल्याउँदै बरेङमा प्रधानमन्त्री रोजगार कार्यक्रम »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal