दर्ता. न‌: २४५/०६५/०६६

संशोधन विधेयक भोटिङमा लैजाने सहमति, चुनावमा सहभागी हुन राजपा तयार

सरकार र राष्ट्रिय जनता पार्टी संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई तत्काल निर्णयार्थ पेश गर्न सहमति भएका छन् । यससँगै राजपा प्रदेश २ मा हुने स्थानीय चुनावमा सहभागी हुनेछ ।

सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा भएको छलफलमा संशोधन अघि बढाउने सहमति भएको हो । सम्भवत आगामी मंगलबार संशोधन विधेयकमाथि संसदमा मतदान -भोटिङ) हुनेछ ।

संशोधनलाई तत्काल अघि बढाउने र पारित गर्ने सहमति भएको छ’ राजपा नेता शरतसिंह भण्डारीले भने, ‘संशोधन पास हुन्छ भन्ने हाम्रो विश्वास छ ।

संशोधन अघि बढाउने सहमति भएपनि विधेयकको पक्षमा दुई तिहाई बहुमत अझै देखिएको छैन ।

सत्तारुढ दलका नेताहरुका अनुसार संशोधन विधेयक पास गर्न प्रयास गर्ने तर, पास फेल जे भएपनि परीणामलाई स्वीकार गर्दै राजपा चुनावमा जाने सहमति भएको छ ।

राजपा नेता भण्डारीले पनि त्यो स्वीकार गरे । ‘प्रक्रियामा गएपछि खेलको नियमबाट भाग्ने कुरा हुँदैन’ उनले भने, यदि कसैले फेल गराउने प्रयास गर्छ भने उसलाई सजाय दिन पनि हामी जनतामाझ जानुपर्छ । हामी आफ्नो कुरा लिएर चुनावमा जान्छौं ।

« गुल्मीमा लैंङ्गिक हिंसा घटे «

» बागलुङमा घर भत्किदा २ जनाको मृत्यु »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal