दर्ता. न‌: २४५/०६५/०६६

तिर्सना स्मृति अक्षयकोष बाट सर्बोदय माबिका ३ जना छात्र,छात्रा पुरस्कृत

दिपेन्द्र परियार १६ माघ ०७७ बरेङ गाँउपालिका को बरेङ बजारमा अबस्थित सर्बोदय माबिमा स्थापना भएको तिर्सना स्मृति अक्षयकोषबाट बिद्यालयका ३ जना छात्र,छात्रा पुरस्कृत भएका छन ।

शुक्रबार बिद्यालयमा एक कार्यक्रमको आयोजना गरि कक्षा ८ बाट प्रथम भएर जाने छात्रा धनु पुन ,कक्षा ८ मा अध्यनरत छात्र निसान थापा,र कक्षा ६मा अध्यनरत नैया थापालाई तिर्सना पुन स्मृती अक्षयकोषका संरक्षक तेज बहादुर पुनले नगद २÷२ हजार पुरस्कार प्रदान गर्नुभएको हो ।

बिद्यालयको कक्षा ८ मा अध्यनरत छात्रा तिर्सना पुनको २०७३ साल माघ १७ गते ह्रिदय घातका कारण स्कुल आउने क्रममा निधन भएपछि उनको सम्झनामा घरपरिवारले बिद्यालयमा रु १ लाख १ हजार १ सय ११ बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ । अक्षयकोषबाट प्राप्त लाभांसबाट बिद्यालयले प्रतेक बर्ष माघ १७ गतेका दिन कक्षा ६ र ७का जेहेन्दार तथा कक्षा ८ बाट प्रथम भएर जाने बिद्यार्थिलाई पुरस्कार प्रदानगर्दै आएको छ । यस बर्ष भने १७ गते शनिबार परेका कारण आज शुक्रबार पुरस्कार प्रदान गरिएको बिद्यालयका प्रधानध्यापक ठगराज शर्माले बताउनु भयो ।कार्यक्रममा स्वर्गिय तिर्सना पुनका बाबा तेज बहादुर पुन ,बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हिरा बहादुर पुन लगाएतको उपश्थिति रहेको थियो ।

« नागरिकको जीवनयापनमा सुधार ल्याउँदै बरेङमा प्रधानमन्त्री रोजगार कार्यक्रम «

» सहिद दिबसमा सर्बोदय माध्यमिक बिद्यालयमा बिबिध कार्यक्रम »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal