दर्ता. न‌: २४५/०६५/०६६

भारतबाट घर फर्कदै गरेका बाग्लुङको बाटाकाचौरका एक ब्यक्ति बिच बाटै बाट बेपत्ता

दिपेन्द्र परियार १७ माघ ०७७ भारतबाट घर फर्कदै गरेका बरेङ गाँउपालिका वडा न ३ बाटाकाचौरका एक ब्यक्ति बिच बाटै बाट बेपत्ता भएका छन ।

भारतबाट छोरा छोरी र श्रीमति सहित गाउ आउदै गरेका बाटाकाचौर खोला खर्कका  ३५ बर्षका मुक्त बहादुर बिक (पितु) चन्द्रकोट गाँउपालिका को खसिमारे बाट बेपत्ता भएका हुन ।

रोजगारीका लागी भारतको दिल्लीमा सपरिवार रहेका उनि परिवारको साथमा फर्किदै गर्दा खसिमारेमा गाडि बिग्रेको र दिशा गर्न भनि गाडिबाट झरेका उनी माघ १२ गते दिउसो देखि बेपत्ता भएका हुन ।

उनि झरेको स्थान वरिपरि खोजी गर्दा बाटो भन्दा तल उनको टोपी भेटिएको बरेङ गाँउपालिका वडा न ३ बाटाकाचौरकी वडा सदस्य दिपा सुनार ले बताउनु भयो ।

बेपत्ता बिकको मानसिक अबस्था समेत सामान्य रहेको श्रीमती अमृता बिक ले बताउनु भयो । बिक श्रीमती र छोरा र छोरी लिएर आफ्नो घर बाटाकाचौर फर्कदै थिए । बेपत्ताको खोजीकार्य जारिरहेको ईलाका प्रहरी कार्यलय बरेङले जनाएको छ ।

« सहिद दिबसमा सर्बोदय माध्यमिक बिद्यालयमा बिबिध कार्यक्रम «

» प्रगतिशिल पत्रकार संघ उपसाखा बरेङकोअध्यक्षमा क्षेत्री चयन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal