दर्ता. न‌: २४५/०६५/०६६

बरेङका अध्यक्षलाई कोरोना संक्रमण ः पालिका मातहतका सबै सेवा १ हप्ताका लागी बन्द

हरिकुमार के.सि बरेङ २२ माघ ०७७ बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा लाई कोरोना संक्रमण पुष्टि भएपछि माघ २६ गते सम्मका लागी कार्यलय मातहतका अत्याबस्यक बाहेकका सबै सेवा हरु बन्द गरिएको छ ।

कोरोना सँग मिल्दो जुल्दो लक्षण देखिएपछि पोखराको मेडिप्लस अस्पतालमा उपचरारत पालिकाका अध्यक्ष शर्माको मंगलबार गरिएको स्वाब परिक्षणमा कोरोना संक्रमण पुष्टी भएको बरेङ गाँउपालिकाका प्रबक्ता नर बहादुर बि.क. ले बताउनु भयो ।

बिकका अनुसार बुधबार बसेको गाँउकार्यपालिकाको आकस्मिक बैठकले कोरोना संक्रमणलाई थप समुदायमा फैलिन नदिन भन्दै  अध्यक्ष शर्मा संग सम्पर्कमा आएका व्यक्तिहरुलाई आइसोलेसन मा बस्न आग्रह गर्नुको साथै  कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएमा तुरुन्त स्वाब परिक्षण को लागि पठाउने निर्णय गरेको छ।

त्यस्तै बरेङ गाउँपालिका वडा नं. १ स्थित धुल्लुलिउँवा माध्यमिक विद्यालय र धुल्लुबाँस्कोट स्वास्थ्यचौकीलाई माघ २६ गतेसम्म सिल गर्ने निर्णय भएको छ ।

आगामी माघ २६ गते सम्म गाउँपालिका भित्र सार्बजनिक सुनुवाई,भेला,भेटघाट,पुजा पाठ लगायत का कार्य बन्द हुने गाउँपालिका ले जारि गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिगत केहि समयदेखि स्वास्थ्यमा समस्या देखिए पछि मेडीप्लस अस्पताल पोखरामा उपचार गराई रहनु भएका शर्मालाई फोक्सोको निमोनिया, अक्सिजनको कमि लगायतका समस्या देखिएपछि सघन उपचार कक्ष आइसियु मा उपचार भैरहेको छ। 

गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुनको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष शर्मा को उपचारमा लाग्ने खर्चको ब्यबस्थापन गर्ने, उपचार रेखदेख र सहजीकरण गर्न जनप्रतिनिधि को तर्फबाट प्रबक्ता  नरबहादुर बिक र कार्यालयको तर्फबाट कमल थापालाई खटाउने  निर्णय गरेको छ। 

« प्रगतिशिल पत्रकार संघ उपसाखा बरेङकोअध्यक्षमा क्षेत्री चयन «

» सामुदायिक रेडियो बिहानीको बार्षिक साधारण सभा माघ २४ मा नहुने »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal