सामुदायिक रेडियो बिहानीको बार्षिक साधारण सभा माघ २४ मा नहुने
दिपेन्द्र परियार २२ माघ ०७७ ।माघ २४ मा हुने भनिएको सामुदायिक रेडियो बिहानीको पाँचौ बार्षिक साधारण सभा स्थगित भएको छ ।
बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मालाई कोरोना संक्रमण पुष्टि भएपछि थप संक्रमणको जोखिमलाई मध्येनजर राख्दै कार्यपालिकाको बैठकले पालिकाका सबैवडा हरुमा कुनैपनि कार्यक्रम,सभा सम्मेलन,मेला महोत्सब नगर्न निर्देशन गरेपछि अर्को सुचना जारी नभए सम्मका लागी रेडियोको बार्षिक साधारण सभा स्थगन गर्ने निर्णय भएको रेडियोका संयोजक लेखान्त पुनले बताउनुभयो ।
रेडियोले यहि माघ २४ गते शनिबार बार्षिक साधारण सभा सम्पन्न गर्नका लागी आबस्यक तयारी पुरा गरेको थियो ।
« बरेङका अध्यक्षलाई कोरोना संक्रमण ः पालिका मातहतका सबै सेवा १ हप्ताका लागी बन्द «
» आम हडतालको बरेङ र शान्तिपुरमा आंसिक प्रभाव ः कार्यलय तथा पसल खुले गाडी चलेनन »







