दर्ता. न‌: २४५/०६५/०६६

आम हडतालको बरेङ र शान्तिपुरमा आंसिक प्रभाव ः कार्यलय तथा पसल खुले गाडी चलेनन

दिपेन्द्र परियार २२ माघ ०७७ नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल) समुहले बिहिबार आयोजना गरेको आम हडतालको प्रभाव बरेङमा खासै नपरेपनि सार्बजनिक सबारी हरु चल्न सकेनन् ।बरेङका सबै बिद्यालयहरु संघ संस्थाहरु खुलेका थिए ।

बरेङ बजार सहज रुपमा खुला रहेपनि यहाँ बाट दैनिक बिहानै बुटवल र बाग्लुङका लागी छुट्ने सवारीसाधन हरु छुट्न नसकेको चन्द्रकोट यातायात प्रालि बरेङ काउन्टर ले जानकारी दिएको छ  निजि सबारी हरु भने निर्बाध सञ्चालन भएका थिए ।

गुल्मीको शान्तिपुरमा पनि आंसिक रुपमा बन्दको प्रभाब परेको छ शान्तिपुरमा अधिकांस पसल हरु खुलेका छन भने त्याहाँबाट छुट्ने कुनै पनि सार्बजनिक सबारी सञ्चालन हुन सकेनन् । निजि सवारी तथा मोटरसाईकल भने निर्बाध चलेका थिए  ।सरकारी तथा बिभिन्न संघ संस्थाहरुका कार्यलय खुलेका हाम्रा संवाददाता राजु बिकले बताउनुभयो ।

« सामुदायिक रेडियो बिहानीको बार्षिक साधारण सभा माघ २४ मा नहुने «

» बाटाकाचौरको बालबिकास आ.बि मा बिब्यसको बैठक ःनयाँ शिक्षकलाई स्वागत »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal