दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा प्रध्यापक नमुना कक्षा शिक्षण प्रभावकारी

२३ माघ २०७७ । हरिकुमा केसी,बरेङ । बागलुङको बरेङ गाउँपालिकामा सञ्चालित प्रध्यापक नमुना कक्षा शिक्षण प्रभावकारी रहेको बताएका छन् ।

पालिकाभित्रका २ आधारभूत र ७ माध्यमिक विद्यालयका कक्षा ६ र ७ मा प्रविधि(कम्प्युटर, प्रोजेक्टर)युक्त तरिकाले नमुना शिक्षण गर्नुपर्ने बरेङ गाउँपालिका र सर्वोदय क्याम्पसबिच भएको समझदारी अनुसार माघ १८ गतेबाट नमुना कक्षा शिक्षण सुरु भएको छ । 

अहिलेसम्म लिइएका नमुना कक्षा शिक्षणमा विद्यालय, व्यवस्थापन समिति र विषयशिक्षकले प्रभावकारी रहेको बताएका छन् । उनीहरुले प्रविधिमैत्री कार्यक्रम भएकाले विद्यार्थी आकर्षित भएको, विषयवस्तुलाई प्रष्ट पार्न सहयोग पुगेको, विद्यार्थी कक्षामा शान्त र जिज्ञासु भएको धारण व्यक्त गरेका छन् । 

त्यस्तै कार्यक्रमलाई थप प्रभावकारी बनाउन त्रैमासिक रुपमा प्रविधियुक्त कक्षा सञ्चालन गर्नेे, आगामी वर्षमा थप बढी बजेट विनियोजन गर्नुपर्ने, इन्टरनेटको व्यवस्था हुनुपर्ने, गणित, विज्ञान, लेखा जस्ता विषयलाई पनि समेट्नु पर्ने, विषयशिक्षकहरुलाई आवश्यक तालिम प्रदान गरि प्रविधिको उच्चतम प्रयोग मार्फत शिक्षण गर्ने वातावरण सिर्जना गर्ने, पालिकाभित्रका विषयशिक्षकहरुबिच अन्र्तक्रिया कार्यक्रम राख्नुपर्ने सुझाव दिएका छन् ।

प्रविधि सहितको कक्षा शिक्षण अति राम्रो र प्रभावकारी तथा दीगो हुने शारदा माध्यमिक विद्यालयका प्रअ देविदत्त पौडेल, बालविकास आधारभूत विद्यालयका नेपाली विषयशिक्षक युवराज न्यौपाने, धुल्लुलिउँवा माध्यमिक विद्यालयका सहायक प्रअ यमबहादुर विकले बताउनुभयो । त्यस्तै बालविकास आधारभूत विद्यालयका कक्षा ७ मा अध्ययनरत विद्यार्थी  संगिता सुनार, सरु बोहोरा र अर्जुन सुनार ले बुझ्न सजिलो भएको, प्रविधिको प्रयोग निरन्तर भएमा सिकाइ क्षमतामा वृद्धि हुने, बढी ध्यानकेन्द्रित हुने, अति राम्रो लागेको बताएका छन्  ।

पालिकाको धुल्लुलिउँवा माविमा ओमबहादुर पुन र रुपनारायण शर्मा, बाटाकाचौरको शारदा मावि र बालविकास आधारभूत विद्यालयमा कमलप्रसाद शर्मा र केशबराज क्षेत्रीले नमुना कक्षा शिक्षण गरिसकेका छन् । उक्त शिक्षण कार्यक्रम फागुन ९ गते सकिने क्याम्पस प्रमुख फूलकुमारी शर्माले बताउनुभयो ।

कार्यक्रमका लागि पालिकाले ५० हजार रकम विनियोजन गरेको छ । यस कार्यक्रमलाई अझ थप प्रभावकारी बनाउन विद्यालयका शिक्षक, व्यवस्थापन समिति र विद्यार्थीका भनाइ अनुसार मासिक रुपमा सबै विषयलाई समेटेर कक्षा ६ देखि १० सम्म नै प्रविधिमैत्री कक्षा सञ्चालन गर्नुपर्ने देखिन्छ । यस पालिकाले आगामी वर्षहरुमा निरन्तरता दिँदै प्रविधिमैत्री शिक्षण गर्ने तर्फ जोड दिएमा पक्कै शिक्षण सिकाइमा परिवर्तन नआउला भन्न सकिदैन ।

« बाटाकाचौरको बालबिकास आ.बि मा बिब्यसको बैठक ःनयाँ शिक्षकलाई स्वागत «

» शारदा मावि कक्षा ११ र १२ का विद्यार्थीलाई कम्प्युटर सीप विकास तालिम सञ्चालन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal