दर्ता. न‌: २४५/०६५/०६६

भारतिय हस्तक्षेपनै बिकासको बाधक ः मसाल महामन्त्री सिंह ।

केशब राज क्षेत्री, बागलुङ । १७ भाद्र २०७५ । नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहले नेपालमा भारतको हस्तक्षेपनै बिकासको प्रमुख बाधक बनेको बताएका छन् । प्रगतिशिल पत्रकार संघ बागलुङ द्वारा आइतबार बाग्लुङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सिंहले यस्तो बताएका हुन ।

संघ द्वारा आयोजित नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंह सङ्ग देशको समसामयिक बिषय र राजमोको धारणा बिषयक कार्यक्रममा सिंहले देशमा भैरहेको राजनितिक परिस्थिति, संघियता र अहिले सम्पन्न बिमेस्टेक सम्मेलनको बारेमा प्रस्ट्याउदै देशलाई भारतिय बिस्तारबादिले आफ्नो इच्छा पूरा गर्न नेपालमा मिलेर बसेका नेपालिहरु बिच जातिय द्वन्द ल्याउन, लामो समयदेखीनै हस्तक्षेप गरिराखेको र त्यही बिदेशी सस्कृतिका पछि लागि सत्तामा रहेका पार्टीहरुले बिन्भिन्न सन्धी सम्झौता गर्दै देशलाई टुक्राउने चलखेल भैरहेको बताए ।

देशलाई समाजबाद उन्मुख बनाउनका लागि भारतीय बिस्तारबादिले रोक लगाइरहेका भन्दै सिंहले सत्ता पक्षमा भएमा पार्टिले पनि समाजउन्मुख देश बनाउछौ भन्ने तर अझै सम्म कृषि, व्यापार, शिक्षा, स्वास्थ, उद्योग र पुर्बाधार बिकासमा कुनैपनि राम्रो पहल नगरेको र हाल भैरहेका हत्या, हिंसा, बलात्कारको पक्षमा पनि कुनै राम्रो खालको जनतालाइ चित्त बुझ्ने निर्णय तथा कार्य नगरेको बताए ।

महामन्त्री सिंहले सघियताको मुख्य उदेश्य नै राष्ट्रियतालाई खण्डित पार्नु र हिन्दु धर्मलाई हतियार बनाई राजतन्त्र लिन खोज्नु भएकाले सरकारको यो दुस्परिणाम जनताले बुझिसकेको बताए । उनले थपे “हामी बिरोध गरिराखेका छौ राष्ट्रियता बचाउन संघियता खारेज हुनुपर्छ ।” स्थानीय तहहरुलाई बजेटका कुरामा ध्यान दिईएन, कर बढी लिने खालका योजना लिइयो त्यसैले पनि हाम्रो पार्टीले बिरोध गरिराखेको छ, सिंहको भनाई छ । 

पत्रकार भेटघाट कार्यक्रममा राजमो केन्द्रिय अध्यक्ष चित्रबहादुर केसि र जिल्ला अध्यक्ष अमरबहादुर थापाको उपस्तिथि रहेको थियो । कार्यक्रम प्रगतिशील पत्रकार संघ बाग्लुङका जिल्ला सदस्य टीका सङगमको स्वागत मन्तव्य , ताराप्रसाद शर्माको अध्यक्षता र जिल्ला कोषाध्यक्ष प्रकाश छन्तेलको सन्चालन्मा सम्पन्न भएको थियो ।

« ट्रक फसिदा मध्यपहाडी लोकमार्ग अबरुद्ध । «

» अखिल छैठौं बागलुङको २३ औँ जिल्ला सम्मेलन गलकोटको काँडेबाँसमा गरिने । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal