दर्ता. न‌: २४५/०६५/०६६

शारदा मावि कक्षा ११ र १२ का विद्यार्थीलाई कम्प्युटर सीप विकास तालिम सञ्चालन

२३ माघ २०७७ । बरेङ । बागलुङको बरेङ गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई अनिवार्य कम्प्युटर शिक्षा लिनुपर्ने कार्यक्रम सार्वजनिक गरे सँगै पालिकाको वडा नम्बर ३ मा अवस्थित शारदा माध्यमिक विद्यालयले गत १८ गतेबाट कम्प्युटर सीप विकास तालिम कक्षाको सञ्चालन गरेको छ ।

कक्षा ११ र १२ का लागि एक÷एक घण्टा कम्प्युटर शिक्षण गर्नुपर्ने शिक्षा शाखाको निर्देशानुसार शारदा माविले विद्यालयमा अध्यापनरत कम्प्युटरसम्बन्धी ज्ञान भएका शिक्षकमार्फत अतिरिक्त समयमा आधारभूत कम्प्युटर तालिम कक्षा सञ्चालन गरेको विद्यालयले बताएको छ ।

कक्षा ११ र १२ का विद्यार्थीहरु लक्षित कार्यक्रम दैनिक ३ सत्रमा सञ्चालन भएको र एकपटकमा २० जना विद्यार्थीले सिकिरहेको विद्यालयका प्रधानाध्यापक देविदत्त पौडेलले बताए ।

तीन महिनासम्म सञ्चालित रहने कम्प्युटर सीप विकास तालिम विद्यालयमा अध्यापनरत शिक्षक कृष्णप्रसाद शर्मा, पार्वती गौतम, सुर्यप्रसाद सुवेदीले बिहान दिउँसो गरि कक्षा शिक्षण बाहेकको अतिरिक्त समयमा सिकाइराखेका छन् ।

गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्तर्गत माध्यमिक तह (११ र १२) मा कम्प्युटर शिक्षा अनिवार्य गर्ने लक्ष्यका साथ सञ्चालन भएको यस कार्यक्रममा साझेदारीमा गाउँपालिकाले ६० हजार दिनेछ भने विद्यालयले समेत ६० हजार खर्च गर्नुपर्नेछ ।

कार्यक्रम प्रभावकारी भएतापनि खर्च भने बढी आउने विद्यालयले बताएको छ अहिले कम्प्युटर मर्मत व्यवस्थापन गर्दा २ लाख हाराहारी मा खर्च निस्किएको विद्यालयका प्रधानाध्यापक पौडेलले बताए । पालिकाले यस कार्यक्रमका लागि थप बजेट र व्यवस्थित गरि निरन्तरता दिनुपर्ने प्रअ पौडेलको सुझाव छ ।

सूचना र प्रविधिको युगमा कम्प्युटर शिक्षा मानव विकासका लागि अपरिहार्य रहेकाले गाउँपालिकाले विद्यालय तहमा नै आधारभूत कम्प्युटर सीपका लागि बजेट तथा कार्यक्रम तयार गरेको थियो । “समृद्ध बरेङ, सुखी बरेङबासी” भन्ने गाउँपालिकाको दीर्घकालीन सोच र आकांक्षानुसार विद्यालय तहबाट नै कम्प्युटर सीप विकास कक्षा सञ्चालनमा ल्याइएको शिक्षा अधिकृत सुर्यप्रसाद शर्माले बताए ।

विद्यालय तहमा नै आधारभूत कम्प्युटर सीप सिकाएपछि यस कार्यक्रमले माध्यमिक तह ¬(कक्षा ११र १२) उत्तीर्ण भएपछि अन्यन्त्र इन्स्टिच्युटमा कम्प्युटर सिक्न जाने समस्यालाई समेत अन्त्य गर्ने बताईएको छ ।

« बरेङमा प्रध्यापक नमुना कक्षा शिक्षण प्रभावकारी «

» गाँउपालिकाका अध्यक्ष शर्माको स्वास्थ्य स्थितिमा सुधार ः अक्सीजनको मात्रा र खानामा रुचि बढ्यो »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal