दर्ता. न‌: २४५/०६५/०६६

अखिल नेपाल युवक संघको ४० औं स्थापना दिवश विविध कार्यक्रम सहित मनाईयो

दिपेन्द्र परियार २६ माघ ०७७ अखिल नेपाल युवक संघको ४० औं स्थापना दिवश विविध कार्यक्रम सहित २०७७ माघ २६ गते बागलुङमा सम्पन्न भएको छ । 

अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मण पुन, कोषाध्यक्ष भिमसेन वन, केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष जुन विक्रम शाही, पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा सहितको टोलीले बागलुङ कारागारमा रहेका बन्दी साथीहरुका लागि फलफुल वितरण गरे पछि बागलुङ बजारको राष्ट्रिय जनमोर्चाको सभाहलमा स्थापना दिवशको कार्यक्रम गरिएको थियो ।

सो कार्यक्रममा प्रमुख अतिथिको आषणबाट बोल्दै अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मण पुनले देश अव्ठारो अवस्थामा रहेको सन्दर्भमा युवाहरु थप प्रशिक्षित र संगठित बनेर सही राजनीतिक संस्कारका लागि अगाडि बढ्नु पर्ने आवश्यकता रहेको बताउनु भयो । कार्यक्रममा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा, राष्ट्रिय जनमोर्चा, बागलुङ अध्यक्ष अमर थापा र उपाध्यक्ष धर्म बहादुर कुँवर, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य राम बहादुर पुन र जिल्ला सचिव तुलविर श्रीस, अखिल ९छैठौं०, बागलुङका सचिव दिपेन्द्र पौडेलले मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रम भिमसेन वनको सञ्चालन र अखिल नेपाल युवक संघ, बागलुङ जिल्लाका अध्यक्ष जुन विक्रम शाहीको अध्यक्षतामा सञ्चालन भएको थियो ।

« गाँउपालिकाका अध्यक्ष शर्माको स्वास्थ्य स्थितिमा सुधार ः अक्सीजनको मात्रा र खानामा रुचि बढ्यो «

» तारेभिर युवा कल्बको १८ औ बार्षिकोत्सबको मुल समारोह सम्पन्न ः ओलीले चालेका असंवैधानिक कदम सच्याउन माग »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal