दर्ता. न‌: २४५/०६५/०६६

तारेभिर युवा कल्बको १८ औ बार्षिकोत्सबको मुल समारोह सम्पन्न ः ओलीले चालेका असंवैधानिक कदम सच्याउन माग

दिपेन्द्र परियार १ फागुन ०७७ । जिल्ला समन्वय समिति बाग्लुङका प्रमुख राजेन्द्र ढुङगानाले प्रतिनिधि सभा पुर्नस्थापना गर्नुपर्नेमा जोड दिँदै संघीयता खारेज हुनुपर्ने बताउनुभएको छ । शनिबार तारेभिर युवाकल्ब जैमिनी ९ पैयुथन्थाप को १८ औ बार्षिकोत्सब को मुल समारोहमा बोल्दै ढुङगानाले प्रधानमन्त्री केपी ओलीले चालेका असंवैधानिक कदम सच्याउन माग समेत गर्नुभएको हो । 

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला समिति बाग्लुङका अध्यक्ष अमर थापाले केपी ओलीको सरकारले सुखी नेपाली संमृद्व नेपाल भन्ने नारा दिएर सरकारमा गएपनि जनताको अभिमतको कदर नगरेर विदेशीको इशारामा संसद विघटन गरी जनतालाई धोका दिएको बताउनुभयो ।

कार्यक्रममा जैमिनी नगरपालिका वडा न ९ का वडा अध्यक्ष भगिन्द्र थापाले शुभकामना मन्तब्य राख्नुभएको कल्बका अध्यक्ष हिरा बहादुर थापाले बताउनुभयो । 

कार्यक्रममा रक्तिम सास्कृतिक अभियानका कलाकारहरुले जनबादि गितनृत्य प्रस्तुत गरेका थिए । 

कार्यक्रम कल्बका अध्यक्ष हिरा बहादुर थापाकोे अध्यक्षता , कल्बका भुपु अध्यक्ष रोसन थापाको स्वागत तथा कल्बका सल्लाहकार रामबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

« अखिल नेपाल युवक संघको ४० औं स्थापना दिवश विविध कार्यक्रम सहित मनाईयो «

» बरेङ्ग गाउँपालिकाका अध्यक्ष कोरोना संक्रमण मुक्त ः »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal