दर्ता. न‌: २४५/०६५/०६६

बरेङ्ग गाउँपालिकाका अध्यक्ष कोरोना संक्रमण मुक्त ः

हरिकुमार के.सी. ३ फागुन ०७७ ।बरेङ्ग गाउँपालिकाका अध्यक्ष कृष्ण प्रशाद शर्मा कोरोना संक्रमण मुक्त हुनुभएको छ । निमोनिया को समस्या देखिएपछि उपचार गराइरहेका शर्मालाई गत माघ १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

शर्माको मेडीप्लस अस्पताल पोखराको सघन उपचार कक्ष आइसीयु मा राखेर उपचार भैरहेकोमा सनिबार गरिएको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो । 

 

कोरोना रिपोर्ट नेगेटिभ आए संगै शर्मालाई सघन उपचार कक्ष बाट जनरल वार्ड मा सारिएको छ ।  संक्रमण मुक्त भए संगै अध्यक्ष शर्माले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफ्नो उपचारमा खटिने स्वास्थ्यकर्मी लगाएत सम्पूर्ण सुभचिन्तक हरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।  अध्यक्ष शर्माले आफु अस्वस्थ हुदा गाउँपालिकाका धेरै कामहरु प्रभावित भएको भन्दै स्वस्थ भएर द्रुत गतिमा काम गर्ने र सदैभ जनताको सेवामा लागि पर्ने प्रतिबद्दता जनाउनु भएको छ ।

« तारेभिर युवा कल्बको १८ औ बार्षिकोत्सबको मुल समारोह सम्पन्न ः ओलीले चालेका असंवैधानिक कदम सच्याउन माग «

» कालीगण्डकी मा पनि नेकपा विभाजन ः एक महिना नहुँदै सहमती तोडियो »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal