दर्ता. न‌: २४५/०६५/०६६

कालीगण्डकी मा पनि नेकपा विभाजन ः एक महिना नहुँदै सहमती तोडियो

 हरिकुमार के.सी.३ फाल्गुन २०७७ केन्द्रमा औपचारिक रूपमा विभाजन हुन बाँकी रहेको नेपाल कम्न्युष्ट पार्टी नेकपा अनौपचारीक रुपमा भने केन्द्र देखी पालिका सम्म विभाजन भएको छ ।

पार्टी एकता बचाउनको लागि भन्दै कुनै पनि पक्षको भेलामा सहभागी नहुने निर्णय गरेको गुल्मीको कालीगण्डकी गाउँपालिका मा पनि अन्ततः नेकपा विभाजित भएको छ ।

गत पौष १२ गते कुनै पनि समुहको गुटगत भेलामा सहभागी नहुने निर्णय गरेको १ महिना नपुग्दै नेकपा कालीगण्डकीको निर्णय तोडिएको हो ।

अन्य स्थानमा ओली समुह र प्रचण्ड ( माधव समूहमा नेकपा विभाजन भएपनि कालीगण्डकी मा  भने एकाद बाहेक पूर्व एमाले र पूर्व माओवादी अलग अलग हुने देखिएको छ ।

शनिबार बुटवलमा भएको आमसभाको लागि पूर्व एमाले निकट का कार्यकर्ता हरु बुटवल गएपछि आईतबार पुर्तिघाटमा प्रचण्ड नेपाल समूहले भेला आयोजना गरेको थियो । नेकपा कालीगण्डकी का अध्यक्ष रामजी ढकालले आईतबारको भेलालाई तुच्छ रूपमा मार्चण्ड समुहको भेला भनेर सामाजिक सञ्जालमा लेखेका छन् । उनले भनेका छन् आजको मार्चन्डे समुहको पुर्तिघाट  भेला र भाषण सुन्न बुटवल जानेको संख्या बराबर ।

यता प्रचण्ड ( माधव समूहले भने आईतबार को भेलालाई नेकपाको औपचारिक भेला भनेको छ भने नेकपा कालीगण्डकी का अध्यक्ष ढकाल ले सहमति विपरीत का गतिविधि गरेकोले हटाएको जनाएको छ ।

« बरेङ्ग गाउँपालिकाका अध्यक्ष कोरोना संक्रमण मुक्त ः «

» बरेङमा चट्यान ः युबती बेहोस »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal