अज्ञात रोगका कारण हुग्दिसिरमा ठुलो सङख्यामा घरपालुवा पक्षीं मरे
दिपेन्द्र परियार ३ फाल्गुन ०७७ ।अज्ञात रोगका कारण बरेङ गाउपालिका वडा न २ हुग्दिसिरमा ठुलो सङख्यामा घरपालुवा पक्षीं मरेका छन ।
हुग्दिसिरको सुदाला आसपासमा मात्रै अनुमानित ५ सय कुखुरा र १ बँगुर मरेका स्थानिय हिरा बहादुर थापाले बताउनु भयो ।
पछिल्लो १ हप्ताको अबधिमा थापाका मात्रै ७० कुखुरा मरेका छन । त्यस्तै सोही ठाँउका मिनलाल नेपालीको पनि उतिनै सङख्यामा कुखुरा मरेका पिडित नेपालीले बताउनु भयो । “अन्न बालि को समेत आसा मारेर पालेका कुखुरा हरु सबै मरे खोर रित्तै भएको छ नेपालीले भन्नु भयो चल्ला राख्दाको ऋण समेत मिलाउन ग्राह्रो हुने भयो,” रोग बाट सुदाला टोलकै झोम बहादुर पुनका करिब १०० वटा लोकल ,ब्रोईलर तथा कोईलर कुखुरा तथा १ वटा सुँगुर समेत मरेको छ ।
बिन्दु बि.क.का समेत कुखुरा हरु मरेका हिरा बहादुर थापाले बताउनु भयो ।गाँउभरि रोग फैलिएको छ ,धमाधम कुखुरा हरु मरेका छन पशुसेवा बाट पनि बिभिन्न औसधि हरु ल्याएर खुवाईयो तर कुनै असर परेन ,थापाले भन्नुभयो समयमा नियन्त्रण गर्न नसके माहामारीकै रुपमा फैलीने खतरा छ ।
सोही ठाँउका नर बहादुर थापाको समेत खोरै रित्तीएको पिडित ले बताउनु भयो ।
थुमका सिता दर्जि प्रेम दर्जि, कमल दर्जि , लगाएतका किसानका कुखुरा हरुमा समेत रोगको लक्षण देखा परेको पिडित किसान मिनलाल नेपालीले बताउनु भयो । कुखुरामा निदाउने,सेतै छेर्ने,सिरु कालो हुने र मर्ने समस्या देखिएको कृषकले बताएका छन ।
पशुसेवा साखा कार्यलय बरेङका प्रमुख नारायण पौडेल सँग बुझ्दा लक्षणको आधारमा पशु पंक्षीमा लाग्ने रानिखेत रोग हुन सक्ने भन्दै त्यसको औसधी र भ्याक्सिन सहित तुरुन्तै प्रभाबित क्षेत्रमा गएर उचित कदम चालिने बताउनु भयो ।पशु पंक्षीमा जुनसुकै रोग वा लक्षण देखा परेमा कार्यालयमा खबर गर्न पनि कृषकलाई पौडेलको आग्रह छ ।
« बरेङमा चट्यान ः युबती बेहोस «
» प्रगति युवा कल्ब दलेङको २१ औ बार्षिकोत्सब सम्पन्न ः सबै प्रतियोगिताका बिजेतालाई पुरस्कार बितरण »







