अखिल छैठौं बागलुङको २३ औँ जिल्ला सम्मेलन गलकोटको काँडेबाँसमा गरिने ।
केशब राज क्षेत्री, बागलुङ । १७ भाद्र २०७५ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन छैठौं बागलुङको २३ औँ जिल्ला सम्मेलन गलकोट नगर पालिकाको काडेबासमा सम्पन्न हुने भएको छ । युनियनकोे आज बसेको बैठकले आउने असोज महिनाको ११ र १२ गते सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको हो ।
सर्वशुलभ र जनबादि शिक्षा प्राप्तीका लागि विद्यार्थी आन्दोलन ,सामाजिक न्याय र समान शिक्षाको पक्षमा २३ औँ जिल्ला सम्मेलन ।। मुल नारा तय गरि सम्मेलन सम्पन्न गर्न लागिएको प्रचार संयोजक बिमा जोल्मीले रेडियो बिहानी लाई बताईन ।
युनियनका महासचिब भिमलाल पोखरेल प्रमुख अतिथीको रुपमा आउने छन् भने सम्मेलनमा करिब २५० प्रतिनिधि परिवेक्षक सहभागी हुने बताइएको छ । सम्मेलन सफल पार्न बिमा जोल्मिको संयोजकत्वमा ५१ सदस्यीय सम्मेलन प्रचारप्रसार समिति गठन गरिएको जनाईएको छ ।
« भारतिय हस्तक्षेपनै बिकासको बाधक ः मसाल महामन्त्री सिंह । «
» अखिल नेपाल युवक संघ हुग्दिशिरको भेला सप्पन्न, सुनारको नेतृत्वमा १३ सदस्यीय वडा कमिटी गठन । »