संघिय शिक्षा ऐनका बाधक शैक्षिक माफियाहरु ः जिसस प्रमुख ढुङगाना ।
०७ फागुन २०७७, बरेङ । शैक्षिक माफियाहरुका कारण संघिय शिक्षा ऐन बन्न नसकेको जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले बताएका छन् । शुक्रबार सर्बोदय माध्यमिक बिद्यालय बरेङ गाँउपालिका २ बरेङको ६० औ बार्षिकोत्सब तथा अभिबाबक दिबसको मुल समारोहमा प्रमुख अतिथिको आशनबाट बोल्दै ढुङगानाले यस्तो बताएका हुन् ।
संघिय शिक्षा ऐन अहिले सम्म पनि बन्न नसेकेको प्रर्ति असन्तुष्टि ब्यक्त गर्दै ढुङगनाले ऐन निर्माण नहुनुमा शैक्षिक माफियाहरुको हात रहेको बताए । माफियाहरुको चङ्गुलमा फसेर सरकारले शिक्षा ऐन ल्याउन नसकेको आरोप ढुङगनाको छ ।
कार्यक्रममा प्रमुख अतिथि ढुङगनाले बार्षीकोत्सब महत्वपुर्ण उत्सब भएको भन्दै १ बर्षभरि बिद्यालयमा भएका प्रगति तथा कमिकमजोरी हरुको समिक्षा गर्ने कार्यक्रम भएकोले यसको ठुलो महत्व भएको बताए ।
बिद्यालय सबैको साझा पबित्र मन्दिर भएको भन्दै बिद्यालयमा हुने भौतिक संरचना देखि शिक्षक ,बिद्यालय प्रशासन, बिद्यार्थि, बिद्यालय ब्यबस्थापन समिती तथा अभिभावक सबैको सकारात्मक सोचले मात्रै बिद्यालय राम्रो बन्ने ढुङगनाको भनाई छ ।
नानिबाबुहरुलाई खाजा बनाएर स्कुल पठाएर मात्रै अभिबाबकको जिम्मेवारी पुरा नहुने भन्दै आफ्नो बच्चाले नियमित स्कुल गैरहेको छ कि छैन ,स्कुल तथा छरछिमेकमा बालवालिकाले देखाउने ब्याबाहारको बिषयमा पनि चासो दिन र पढ्ने उमेरका बालबालिकालाई मोबाईल नदिन ढुङगनाले आग्रह समेत गरे । मोबाईलले बालबालिकालाई बिकृती तर्फ डोराउने र आत्महत्या समेत गर्न प्रेरित गर्ने ढुङगनाले बताए ।
बाग्लुङका सबै पालिका भन्दा बरेङ गाँउपालिकाले शैक्षिक क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै गाँउ कार्यपालिकालाई ढुङगनाले धन्यबाद ज्ञापन गरे । समुदायको बिकासका लागी राजनैतिक खिचातानि गर्न नहुने ढुङगानाको भनाई छ ।
कार्यक्रममा संघ संस्थाको तर्फ बाट सर्बोदय क्यामपस प्रमुख फुलकुमारी शर्मा, शिक्षिका पार्बता भुसाल, छिमेकी बिद्यालयको प्रतिनिधित्व गदै पुरुषोद्धय माबिका शिक्षक नाम बहादुर थापाले कार्यक्रम सफलताको शुभकानमा ब्यक्त गरे ।
प्रमुख अतिथि राजेन्द्र ढुङगानाद्वारा मैनबत्ती बालेर उद्धघाटित मुल समारोहमा बिद्यालयका प्रधानाध्यपक ढगराज शर्माले अर्थिक तथा प्रगति प्रतिबेदन पेश गरे ।
त्यस्तै बिद्यालयमा नबआगन्तुक शिक्षक बिष्णु प्रसाद पौडेल, प्रकास सूबेदि तथा सहज कर्ता सुसिला छन्त्याल पुनलाई स्वागत गरिएको थियो । कार्यक्रमकै अबसरमा बिभिन्न प्रतियोगितामा बिजेता हुने बिद्यार्थिहरुलाई पुरस्कार समेत प्रदान गरिएको छ ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हिरा बहादुर पुन को अध्यक्षता ,शिक्षक ओम बहादुर पुनको स्वागत, तथा शिक्षक प्रशान्त शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भयो ।
« प्रगति युवा कल्ब दलेङको २१ औ बार्षिकोत्सब सम्पन्न ः सबै प्रतियोगिताका बिजेतालाई पुरस्कार बितरण «







