राष्ट्रिय जनमोर्चा बागलुङको जिल्ला स्तरीय प्रशिक्षण भेला सुरु ःपार्टिको आन्तरिक मतभेदका कारण संसद विघटन गर्नु असंबैधानिक ः के.सी.
०९ फाल्गुन ०७७ । तिलक थापा ।राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीले, पार्टिको आन्तरिक मतभेदका कारण संसद विघटन गर्नु असंबैधानिक कदम भएको बताउनुभएको छ ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङको जिल्ला स्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष केसीले यस्तो बताउनुभएको हो । विघटित प्रतिनिधिसभाको पुनस्र्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौं, भन्ने मूल नाराका फागुन ९ गतदेखिे दुई दिने जिल्ला प्रशिक्षण भेलाको आइतबार राधाकृष्ण सभाहल बागलुङमा उद्घाटन गरिएको छ । उद्घाटन मन्तब्य व्यक्त गर्दै अध्यक्ष केसीले, ‘आफ्नो पार्टीको आन्तरिक मदभेद मिलाउन नसकेर संसदीय प्रक्रिया नै पुरा नगरी संसद बिघटन गर्नु असंवैधानिक कदम भएको र यसले राजाबादी र बिदेशी शक्ति केन्द्रलाई चलखेल गर्न हौसाएको बताउनुभयो । २०५१ सालमा कांग्रेसको आन्तरिक बिवादले संसद बिघटन गर्दा राजा र बिदेशी शक्ति केन्द्रहरु चलखेल बढाएको भन्दै केसीले, जनताको प्रतिनिधित्व हुने संस्था बिघटनले जनताको अधिकार माथि घात हुने बोल्नुभएको थियो । सिङ्गो मधेश एक प्रदेश हुनु पर्ने, अंङ्गिकृत नागरिक संबैधानिक प्रमुख बन्न पाउनु पर्ने साथै प्रदेशको सिमा रेखाङ्कन प्रदेश सरकारले पाउनु पर्ने जस्तो राष्ट्रहित बिपरितका माग बढ्दै जानुले समेत राष्ट्रियता खतरामा परेको उहाँको टिप्पणी थियो । राष्ट्रियता कमजोर बन्दै गएको बेला संसद बिघटनले बैदेशिक चलखेल बढेको र धर्मनिरपेक्षता, राष्ट्रियता, गणतन्त्रको रक्षालागि अव आन्दोलनको विकल्प नभएको केसीले बोल्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा गण्डकी प्रदेश माननीय कृष्ण थापा, अखिल नेपाल जनजाती सम्मेलनका पुर्व केन्द्रीय सल्लाहकार नर बहादुर पुन, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय उपाध्यक्ष काजी गाँउले श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टी मसाल बागलुङका प्रवक्ता मेक बहादुर पाईजा, अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगाना, केन्द्रीय सदस्य दिल बहादुर दर्र्जी, राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य गौरीश्वर पाण्डे, परिषद् सदस्य तिलक थापा, अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, अखिल नेपाल राष्ट्रिय उद्योग ब्यापार संघका केन्द्रीय सदस्य सन्तोष पौडेल, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रीय सदस्य बिष्णु अधिकारी, अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य कुशल बुढा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्यहरु जनबर्र्गीय संगठनका जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियोे । कार्यक्रममा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित जनप्रतिनिधि जनमोर्चाका जिल्ला, पालिका र वडा स्तरका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष धर्म बहादुर कुंवरको स्वागत मन्तव्य र सचिव भिमलाल पोखरेलको सन्चालनमा सम्पन भएको थियोे । भेला सहितको प्रशिक्षण कार्यक्रम फागुन १० गते सम्पन्न हुने बताइएको छ ।
« संघिय शिक्षा ऐनका बाधक शैक्षिक माफियाहरु ः जिसस प्रमुख ढुङगाना । «
» विषादी रहित खानेकुरा उत्पादनमा प्रोत्साहन गर्नुपर्ने ःजिसस प्रमुख ढुङगाना »







