दर्ता. न‌: २४५/०६५/०६६

विषादी रहित खानेकुरा उत्पादनमा प्रोत्साहन गर्नुपर्ने ःजिसस प्रमुख ढुङगाना

कुश्मिसेरा, ९ फागुन २०७७ । जैमिनीमा  विषादी रहित खाद्य तथा पोषण प्रबर्धन गर्ने कार्यक्रम सम्बन्धी अभिमूखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यलय बागुङको आयोजनामा जैमिनी नगरपालिका ५ विनामारे र वडा नं १ कुश्मिसेरामा आइतबार सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले नगरपालिकाले विषादी रहित खानेकुरा उत्पादन गर्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । खानेकुराका कारण नै अधिकांश रोग लाग्ने हुँदा खानपानमा ध्यान पुराउनुपर्ने भन्दै उहाँले विषादी रहित खानेकुरा खान र गाउँमा बस्नुपर्ने सुझाव दिनुभयो ।

कृषि तथा भेटेनरी जेटिएहरुले आफ्नो ब्यापारिक प्रयोजनका लागि झोलामा नै विष बोकेर हिड्ने गरेको आरोप लगाउँदै प्रमुख ढुङ्गानाले यस्तै प्रशिक्षण उनिहरुलाई पनि दिएर अर्गानिक उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यलय बागलुङका क्षयकुष्ठ निरिक्षक देव प्रकाश घिमिरेले कार्यक्रमको उद्देश्यप्रति प्रकाश पार्दै स्वच्छ र स्वस्थ खाना खान सुझाव दिनुभयो । खानामा उचित पोषणको मात्रा नभएमा कुपोषणको समेत समस्या हुने भन्दै उहाँले पोषण र कुपोषणको बारेमा जानकारी गराउनुभएको थियो ।

यस्तै कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बागलुङका तथ्याङ्क अधिकृत घनश्याम सापकोटाले विषादीको समूचित प्रयोगको बारेमा जानकारी दिनुभएको थियो । उहाँले खाद्यन्नमा विषादी प्रयोग गर्ने प्रचलन हटाउनुपर्ने धारणा राख्दै स्वस्थकर उत्पादनमा लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा सापकोटाले विषादी रहित खानेकुरा उत्पादन र प्रयोगमा बानी बसाल्नुपर्ने धारणा राख्नुभयो ।

कुश्मिसेरामा भएको कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले विषादी रहित खाना कसरी खान सकिएला रु भन्ने चिन्ताले आफुलाई सँधै परिलिरहने बताउनुभयो । विषाक्त खाना खान नहुने थाहा हुँदाहुँदै उत्पादनमै विषादी मिसिएको हुँदा प्रयोगकर्ता बाध्यतामा परेको भन्दै उहाँले असल कृषि प्रणालीका अभ्यासका मापदण्डहरु अवलम्बन गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक गोविन्द आचार्य, सह संयोजक तिर्थ पौडेल, कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर राजु भट्टराई क्षेत्री जैमिनी नगरपालिकाका कृषि तथा पशु शाखाका कर्मचारी, जनप्रतिनिधि लगाएत कृषकहरुको उपस्थिति रहेको थियो ।

« राष्ट्रिय जनमोर्चा बागलुङको जिल्ला स्तरीय प्रशिक्षण भेला सुरु ःपार्टिको आन्तरिक मतभेदका कारण संसद विघटन गर्नु असंबैधानिक ः के.सी. «

» प्रतिनिधि सभा विघटन विरुद्ध युवक संघ बागलुङको मसाल जुलुस »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal