प्रतिनिधि सभा विघटन विरुद्ध युवक संघ बागलुङको मसाल जुलुस
१० फागुन २०७७ । बागलुङ । अखिल नेपाल युवक संघ बाग्लुङले प्रतिनिधि सभा बिघटनको विरुद्ध बागलुङ बजारमा मसाल जुलुस सम्पन्न भएको छ।
राष्ट्रिय जनमोर्चा जिल्ला सम्पर्क कार्यलय बाट सुरु भएको जुलुस समित चोक, हल्लन चोक हुदै लोकतान्त्रिक चोकमा पुगि कोणसभा भएको थियो । सभामा अखिल नेपाल युवक संघका केन्द्रिय कोषाध्यक्ष भिमसेन वन र जिल्ला सचीव तथा केन्द्रिय सदस्य बिरेन्द्र थापाले सम्बोधन गर्नुभएको थियो ।
सम्बोधन का क्रममा उहाँले प्रतिगामी कदम विरुद्ध युवक संघले ७७ वटै जिल्लामा मसाल जुलुस सम्पन्न गरेको बताउदै अहिलेको सरकारलाई प्रतिगामी कदम सच्याउन आग्रहका साथै संसद पुनःस्थापना गर्न जस्तो सुकै कदम चाल्न अनुरोध गर्नु भयो। साथै अखिल नेपाल युवक संघ राष्ट्रियता, जनजीविका र लोकतन्त्रका पक्षमा सदैब आन्दोलित हुने बताउदै भ्रस्टाचार र युवा अधिकारको निम्ति संधै अग्रमोर्चामा रहने बताउनु भयो।
कार्यक्रमको संचालन युवक संघका गण्डकी प्रदेश सचिव संजाल शर्माले गर्नु भएको थियो।
« विषादी रहित खानेकुरा उत्पादनमा प्रोत्साहन गर्नुपर्ने ःजिसस प्रमुख ढुङगाना «
» राष्ट्रिय जनमोर्चा बागलुङको जिल्ला प्रशिक्षण भेला सम्पन्न »







