राष्ट्रिय जनमोर्चा बागलुङको जिल्ला प्रशिक्षण भेला सम्पन्न
१० फागुन २०७७ । बागलुङ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङले “विघटित प्रतिनिधिसभाको पुनर्स्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौं” भन्ने मूल नाराका दुई दिने जिल्ला प्रशिक्षण भेला विभिन्न कार्यक्रम तय गर्दै सम्पन्न गरेको छ ।
समापन समारोहमा मन्तब्य राख्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीले देश अपठ्यारो परिस्थितिमा रहेको बेला गणतन्त्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्षमा सघर्ष गर्नु पर्ने आवश्यकता बनेको बताउनु भयो । उहाँले कठिन परिस्थितिमा पनि संघर्षका मैदान नछाडेका राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरु प्रधानमन्त्री के पि ओलीको प्रतिगामी र निरङकुश कदमलाई असफल पार्न लागिरहन निर्देशन दिनु भयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा गण्डकी प्रदेश माननीय कृष्ण थापा, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य दिल बहादुर दर्जी, सहभागीको तर्फबाट तुलबिर श्रीस, देबि खत्री, तुल्सीराम खरेल, पुर्ण बहादुर थापा, होम बहादुर पुन लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
२ दिन सम्म चलेको प्रशिक्षण कार्यक्रममा ने क पा मसालका महामन्त्री मोहनविक्रम सिह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र ब केसी, केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, अखिल नेपाल जनजाति सम्मेलनका पुर्व सल्लाहकार नर ब पुन, राष्ट्रिय बाग्लुङका अध्यक्ष अमर थापा, जिल्ला सल्लाहकार गौरीश्वर पाण्डे, राष्ट्रिय परिषद सदस्य तिलक थापा लगायतले समसामयिक राजनीति बिषयमा प्रशिक्षण दिनु भएको थियो । भेलाले आगामी चैत्र २४, २५ र २६ गते काठमाडौमा हुने पाँचौ राष्ट्रिय सम्मेलन भव्य रुपमा सफल पार्न बिभिन्न कार्यक्रम, फागुन ११ गते देखि १६ गते सम्म दोश्रो चरणको बिशेष संगठनात्मक अभियान सञ्चालन गर्नुका साथै ओली सरकारको प्रतिगामी कदम बिरुद्ध सघर्षका कार्यक्रम तय गरेको छ ।
कार्यक्रम राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर बहादुर थापाको अध्यक्षता र सचिव भिमलाल पोखरेलको सन्चालनमा सम्पन भएको थियोे ।
« प्रतिनिधि सभा विघटन विरुद्ध युवक संघ बागलुङको मसाल जुलुस «







