हुग्दिशिर पोखराचौरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम
१० फागनु २०७७ । बिहानी संवाददाता, हुग्दिशिर । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिरको पोखराचौरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ ।
“हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी” भन्ने मुख्य नाराका साथ इलाका प्रहरी कार्यालय बरेङ डाँडाले सोमबार समुदायसँग प्रहरी साझेदारी कार्यक्रम सम्पन्न गरेको हो ।
स्थानीय तह, विद्यालय, समुदाय र सामजिक संस्थालाई जनचेतनामूलक कार्यक्रम गरिरहेको इलाका प्रहरी कार्यालय बरेङ डाँडाले समाजमा हुने गरेका बालविवाह,जाँडरक्सी सेवन, जुवातास, लागूपदार्थ सेवन हत्या, हिंसा, बलात्कार जस्ता विकृतिलाई हटाउनका लागि सन्देश दिईरहेको प्रहरी नायब निरीक्षक नारायणप्रसाद पौडेलले बताउनुभयो ।
पौडेलले पछिल्लो समयमा समाजका युवा युवतीहरुले गलत तरिकाले मोवाइल फोन, सामाजिक सञ्जाल फेसबुकको प्रयोग गर्नाले पनि विकृति बढिरहेको र त्यसको समाधान विद्यालय, घरपरिवार समाजबाट नै हुने प्रष्ट पार्नुभएको थियो ।
« राष्ट्रिय जनमोर्चा बागलुङको जिल्ला प्रशिक्षण भेला सम्पन्न «
» बरेङमा सामुदायिक औसधि कार्यक्रम ः स्वास्थ्य संस्थामै सुलभ दरमा औसधि »







