दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा सामुदायिक औसधि कार्यक्रम ः स्वास्थ्य संस्थामै सुलभ दरमा औसधि

दिपेन्द्र परियार १३ फाल्गुन ०७७ । औसधि उपचारमा समुदायको सहज पहुँच पु¥याउनका लागी बरेङगाँउपालिकाले सामुदायिक औसधी कार्यक्रमको सुभारम्भ गरेको छ ।

 

बिहिबार पालिकाको वडा न ५ सुखौरा स्वास्थ्य चौकीमा सामुदायिक औसधि कार्यक्रमको उद्धघाटन गर्दै  बरेङ गाँउपालिकाकी उपाध्यक्ष दिलकुमारी पुनले गाँउकार्यपालिका नागरिकको स्वास्थ्य पर्ति सधै संबेदनशिल रहेको भन्दै  सामुदायिक औसधि कार्यक्रमले दैनिक औसधि प्रयोग गर्ने दृर्घ रोगीहरुको समस्यालाई मध्येनजर राख्दै सामुदायिक औसधी कार्यक्रम ल्याईएको बताउनु भयो । समुदायको अपनत्व र सक्रियताले मात्रै यो कार्यक्रम सफल हुने पुनको भनाई छ  ।

बरेङगाउपालिका स्वास्थ्य साखा प्रमुख पदम बहादुर पुनले स्वास्थय चौकीमा प्राप्त हुने ३८ प्रकारका औसधिले मात्रै उपचार सम्भब नभएका बिरामी हरुकालागी थप्नु पर्ने  औसधि तोकिएको मुल्य भन्दा १० प्रतिशत छुट सुबिधा सहित स्वास्थ्य संस्था बाटै प्राप्त गर्न सक्ने बताउनु भयो । 

यसपछि सल्यान तथा बाटाकाचौरको माथिल्लो क्षेत्रका नागरिकलाई लक्षित गरि साग्दि सामुदायिक स्वास्थ्य ईकाईमा नमुनाको रुपमा यो कार्यक्रम बिस्तार गरिने र क्रमस पालिका भित्रका सबै स्वास्थ्य संस्थामा आबस्यकता अनुसार कार्यक्रम सञ्चालन गरिने पुनको भनाई छ ।

स्वास्थ्य सस्थामा निशुल्क बितरण गरिने ३८ प्रकारका औसधी बाहेक तत्कालका लागी १ लाख बराबरको  ६५ प्रकारका औसधिहरु स्वास्थ्य संस्थालाई उपलब्ध गराएको छ ।

सुखौरा स्वास्थ्य चौकी ब्यबस्थापन समितिका उपाध्यक्ष टिकाराम शर्माले सामुदायिक औसधि कार्यक्रमबाट आफुजस्ता धेरै दृर्घ रोगि हरु बढि लाभान्वीत हुने बिस्वास ब्यक्त गर्नुभयो ।बरेङगाँउपालिका वडा न ५ का अध्यक्ष अमर बहादुर सेरपुर्जा ले २ सय को औसधि लिनका लागी २ हजार खर्च गरेर बजार सम्म पुग्नुपर्ने सुखौराबासिको समस्या समाधान हुने बताउनु भयो । कार्यक्रमलाई प्रभाबकारी बनाउन तथा नागरिकमा हुनसक्ने भ्रम लाई चिर्नका लागी स्वाथ्य स्वमंसेबीका हरुको महत्वपुर्ण भुमिका रहने सेरपुर्जाको भनाई छ । 

बरेङगाउपालिका वडा न ५ का अध्यक्ष अमर बहादुर सेरपुर्जा को अध्यक्षता

सुखौरा स्वास्थ्य चौकीकी अ.हे.व थुमा पुर्जा पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ । अतिनै महत्वका साथ हेरीएको सामुदायिक औसधी कार्यक्रमबाट सामान्य औसधी खरिद गर्नपनि लामो दुरी पार गरेर जानुपर्ने समस्या समाधान हुनुका साथै छुट सुबिधा सहित सुपथ मुल्यमा औसधि प्राप्त हुदाँ औसधि पसले हरुको चर्कोे मुल्यमा औसधी खरिद गर्नुपर्ने बाध्यताको अन्त्य हुने हुदा समुदाय स्वास्थ्य चौकी तथा अन्य निकायको प्रतक्ष सहभागितामा कार्यक्रमलाई निरन्तरता दिनुका साथै थप बिस्तार गर्नु जरुरी देखिन्छ ।

« हुग्दिशिर पोखराचौरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम «

» बिद्यालयमा बालबालिकालाई सुरक्षित गर्न प्राथमिक स्वास्थ्य सेवा किट बाकस »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal