ज्ञानोद्धय आ.बि. लाई निति बिधि र प्रबिधि मैन्त्री बनाईने
दिपेन्द्र परियार १३ फाल्गुन ०७७ ।ज्ञानोद्धय आधारभुत बिद्यालयलाई निति बिधि र प्रबिधि मैन्त्री बनाउन कुनै कसुर बाँकी नराख्ने प्रधानाध्यापक मदन बहादुर कार्किले बताउनु भएको छ ।
बरेङ गाँउपालिका ३ बाटाकाचौरको ६५ औ बार्षिकोत्सब तथा शिक्षक बिदाई कार्यक्रम को अबसरमा प्रगति प्रतिबेदन प्रस्तुत गर्दै कार्कीले बिद्यालयलाई निति बिधि र प्रबिधि मैन्त्री बनाउदै पालिककै नमुना बिद्यालय बनाउने तर्फ लागी परेको बताउनु भएको हो ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै बरेङ गाँउपालिकाका उपाध्यक्ष दिलकुमारी पुनले शिक्षक बिद्यार्थि तथा अभिबाबकको तालमेल बाट मात्रै शैक्षिक उपलब्धी हासील हुने बताउनु भयो । बिद्यालयको बार्षिकोत्सब समुदायले आयोजना गर्ने उत्सब भएको भन्दै यसको बिशेष महत्व भएको पुनको भनाई छ ।
बरेङ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बिद्यार्थिलाई बगिरहेको खोलाको रुपमा बुझ्नु पर्ने भन्दै उनिहरु भित्रको प्रतिभा र शक्तिलाई बुझ्न जरुरी रहेको बताउनु भयो ।
बिद्यालयमा चौरासी पुजामा तुला दान बापतको रकमको अक्षयकोषको प्रसङ उठाउदै ज्ञानोद्धय आधारभुत बिद्यालयले धर्मलाई पनि शैक्षीक क्षेत्रमा जोडेर उत्कृष्ट कार्य गर्न सफल भएको भन्दै पालिकामै उदाहरणिय दिएकाकार्य गरेको बताउनु भयो । कार्यक्रमले समाजलाई योगदान गर्ने ब्यक्तिपनि सम्मानित हुदो रैछ भन्ने सकारात्मक भाबनाको बिकास गरेको थापाको भनाई छ ।
ज्ञानोद्धय आधारभुत बिद्यालयले प्रश्तुत गरेको बार्सिक कार्ययोजना बरेङ गाँउपालिकाको भएको भन्दै यस योजनालाई तुरुन्तै स्वीकृत गर्दै कार्यान्वयन गर्ने थापाले बताउनु भयो ।
बरेङ गाँउपालिकाले शैक्षिक गुणस्तर कायम गर्न शैक्षिक क्षेत्रमा यथेष्ट लगानी गरेको भन्दै लगानी र लक्ष अनुसारको नतिजा प्राप्त देखिन थालेको र त्यसका लागी राष्ट्रसेवक कर्मचारी,बिद्यालय प्रशासन, बिद्यालय ब्यबस्थापन समिती अभिबाबक तथा बिद्यार्थिको संयुक्त प्रयासबाट मात्रै सम्भब भएको बताउनु भयो ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै उदय माबि गुल्मीका पुर्ब प्रधानाध्यापक केसब प्रसाद न्यौपानेले अर्को बर्षसम्म बिद्यालयमा अक्षयकोष निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
शुभकामना मन्तब्य बिद्यालय ब्यबस्थापन समितीका सदस्य राधिका पौडेल ,शिक्षक अभिबाबक संघका कमला थापा,बि बयस सदस्य कोपीला खत्री ,शिक्षक अभिबाबक संघका अध्यक्ष टेक बहादुर थापा ,सबै प्राथमिक बिद्यालय तथा सबै पेशागत संघ सस्थाको प्रतिनिधित्व गर्दै धौलागीरी प्राबि का प्रधानाध्यापक प्रेम बहादुर थापा,बालबिकास आधारभुत बिद्यालयका प्रधानाध्यापक लिलाधर शर्मा ,
सारदा माध्यमिक बिद्यालयका प्रधानाध्यापक देबिदत्त पौडेल ,पुर्ब प्रधानाध्यापक युवराज न्यौपाने,बिद्यालयका भुपु बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष परसुराम न्यौपाने ,
बार्षिकोत्सबको अबसरमा श्रुति लेखन, मेमोरीपावर प्रतियोगीता,अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता ,अभिबाबक कुर्चि दौड खेल सम्पन्न भएको छ ।प्रतियोगितामा बिजेता सम्पुर्ण छात्र छात्रा लाई पुरस्कार बितरण गरिएको छ ।
कार्यक्रमको अबसरमा अबकास प्राप्त प्रधानाध्यापक केहरसिंङ थापालाई स–सम्मान बिदाई गरिएको छ ।
प्रमुख अतिथी बिशिष्ट अतिथिहरु लगाएत सहयोगदाता हरुलाई दोसल्ला साथै सम्मान पत्र प्रदान गरेर बिद्यालयले सम्मान गरेको थियो ।
कार्यक्रम बिद्यालयका शिक्षक होमनाथ न्यौपानेको स्वागत मन्तब्य, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हिम बहादुर थापाको अध्यक्षता, बिद्यालयका शिक्षक चन्द्र सुवेदिको सञ्चालनमा सम्पन्न भएको थियो ।
« बिद्यालयमा बालबालिकालाई सुरक्षित गर्न प्राथमिक स्वास्थ्य सेवा किट बाकस «







