दर्ता. न‌: २४५/०६५/०६६

बरेङका सामुदायिक बिद्यालयमा राष्ट्रसेवक कर्मचारी ः विद्यार्थीलाई सरकारी सेवा मार्फत राष्ट्रसेवा गर्न सचेतना अभिवृद्धि गर्ने

दिपेन्द्र परियार १४ फाल्गुन ०७७ ।बरेङका सबै आधारभुत तथा माध्यमिक विद्यालयहरुमा राष्ट्रसेवक कर्मचारी पुग्ने भएका छन । समृद्ध गाउँपालिका निर्माणको आधार सामुदायिक विद्यालयको गुणस्तर सुधार भन्ने गाउँपालिकाको सोचलाई मूर्तरुप प्रदान गर्न कर्मचारी हरु बिद्यालयमा पुग्ने भएका हुन ।

गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रवाह एवं स्थानीय सरकारका वारेमा जानकारी गराउने लक्षका साथ गत मंगलबार भृकुटि माध्यमिक बिद्यालयबाट सुभारम्भ भएको कार्यक्रम लिएर बरेङ गाँउपालिका भित्रका राष्ट्रसेवक कार्मचारी हरु आलो पालो सबै आधारभुत तथा माध्यमिक बिद्यालयमा पुग्ने बरेङ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो ।

कार्यक्रमले विद्यार्थीहरुमा राष्ट्र प्रति प्रेम र श्रम प्रति सम्मान गर्ने भावना जगाउनुका साथै विद्यालय र गाउँपालिका विचमा समधुर सम्वन्ध एवं सम्पर्क विकास र विस्तार गर्ने,तथा सरकारी सेवा मार्फत राष्ट्रसेवा गर्न विद्यार्थीहरुमा सचेतना अभिवृद्धि गर्ने अपेक्षा लिईएको बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनु भयो ।

भृकुटि माध्यमिक बिद्यालयका प्रधानाध्यापक रुपनारायण शर्माका अनुसार कार्यक्रमले बिद्यार्थिलाई भबिस्यमा राष्ट्रसेवक कर्मचारी बन्न उत्प्रेरणा जगाएको छ । यसले बिद्यार्थिमा अध्यन गर्ने बानिको बिकास गराएको तथा उनिहरुलाई लगनशिल र थप मेहनेती बनाएको बताउनु भयो । 

« ज्ञानोद्धय आ.बि. लाई निति बिधि र प्रबिधि मैन्त्री बनाईने «

» बरेङका मा.वि. तहका विद्यालयलाई वेवसाइट हस्तान्तरण, »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal