अखिल नेपाल युवक संघ हुग्दिशिरको भेला सप्पन्न, सुनारको नेतृत्वमा १३ सदस्यीय वडा कमिटी गठन ।
केशवराज क्षेत्री, सुदला । २३ भाद्र २०७५ । बाग्लुङको बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर मा रास्ट्रीय जनमोर्चा निकट अखिल नेपाल युवक संघ को वडा स्तरीय भेला शनिबार सप्पन्न भएको छ ।
“लागौं युवा जागौ युवा“ भन्ने मुल नाराका साथ समाजका रहेको अन्धविश्वास, कुरिती, विकृतीलाई हटाउन र सामाजिक काममा नयाँपन ल्याउन युवाहरूले गहन भुमिका खेल्ने भन्दै यस्ता भेलाको आयोजना गर्ने गरेको सङगठनले बताएको छ ।
भेलाले १३ सदस्यीय हुग्दिशिर वडा कमिटी गठन गरेको छ जसको अध्यक्षमा पदमबहादुर सुनार, उपाध्यक्षमा कृष्णप्रसाद शर्मा, सचीवमा कृष्ण थापा, सहसचिवमा केशव श्रीस, कोषाध्यक्षमा लिल बहादुर पुन र सदस्यहरुमा मिलन बिसि, नवराज शर्मा, मेखराज शर्मा,चित्र थापा, पवन पुन, लोकबहादुर बिक, बाबुराम सुनार, रमेश बिक रहेका छन् ।
हाल देशमा लागु भैरहेको संघीयता र संघीयताले देशमा भित्रिएको द्वन्द्व, अनावश्यक वस्तुमा लगाइएको कर प्रणाली, न्यून पुजि भएका जनतालाई ढाड सेक्ने गरि मारमा पार्नु अहिलेको सरकारको नकारात्मक कार्य भैरहेको छ । देशमा बलात्कार, भ्रष्टाचार जस्ता अपराध भैरहेका छन तर अहिले सत्ता पक्षले कुनै पहल र राहत हुने काम नगरेको पाइन्छ प्रदेश सरकारहरुले पनि आआफ्नो तरिकाले लाभ नहुने खालका नितिनियम बनाइरहेकोले यसका विरुद्धमा हामि विरोध र विद्रोह गरिरहने यसका विरुद्ध सबै युवा लाग्नुपर्ने भन्दै भेलाका प्रमुख अतिथि रास्ट्रीय जनमोर्चाका जिल्ला सदस्य हिरा पुनले बताउनुभयो । उहाँले सघियता नै देश विकासको बाधक रहेको र अहिलेको जथाभावी करले गर्दा नै संघीयता नटिक्ने पनि स्पष्ट पार्नुभयो ।
रास्ट्रीय जनमोर्चा हुग्दिशिर गाउँ कमिटीका सदस्य अम्मर बहादुर नेपालिको अध्यक्षता रहेको भेलाको सन्चालन युवक संघ बाग्लुङ जिल्ला सदस्य दुर्ग बहादुर थापाले गर्नुभएको थियो ।
« अखिल छैठौं बागलुङको २३ औँ जिल्ला सम्मेलन गलकोटको काँडेबाँसमा गरिने । «
» ‘अनलाईन तिज कम्पिटिसन २०७५’उत्कृष्ट ६ को स्टेजमै घम्साघम्सी,मिना बनिन् बिजेता उपबिजेतामा बिरु । »