दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा निशुल्क पशु स्वास्थ्य घुम्ती सिबिर तथा रेबिज खोप कार्यक्रम ः युवालाई ब्यबसायीक कृषी तथा पशुपालनमा लाग्न शर्माकोआग्रह

दिपेन्द्र परियार १७ फाल्गुन ०७७ । बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले अण्डा, दुध, मासु र अर्गानीक खाद्य बस्तुहरु उत्पादन गरी आत्मनिर्भर बन्नु कृषकहरु को सामाजीक दायित्व भएको बताउनु भएको छ ।

निशुल्क पशु स्वास्थ्य घुम्ती सिबिर तथा रेबिज खोप कार्यक्रमको अन्तिम दिन सोमबार पालिकाको वडा न १ धुल्लुबास्कोटमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले पालिकाले कृषक तथा कृषीलाई पहिलो प्राथमिकतामा राखेर निति बजेट तथा कार्यक्रमहरु ल्याएपनि कृषकहरु अनुदानमुखी हुदाँ सोचेअनुसारको प्रगति हासिल हुन नसकेको बताउदै कृषकलाई अण्डा, दुध, मासु र अर्गानीक खाद्य उत्पादन गरी ब्यबसायिक बनेर आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । 

कृषकहरुको लागी गाँउपालिकाले भौगोलिक अवस्था अनुसारको कार्यक्रमहरु सञ्चालन गरेको बताउदै पालिका भरिका युवालाई कृषी तथा पशुपालनमा लाग्न अनुरोध गर्नु भयो त्यसकालागी पालिकाले जुनसुकै सहयोग गर्न तयार रहेको बताउनु भयो  ।

बिहिबार बाटाकाचौर बाट सुरु भएको निशुल्क पशु स्वास्थ्य घुम्ती सिबिर तथा रेबिज खोप कार्यक्रममा गाउँपालिका भरीका ८७८ जना कृषकहरुका करिब १३ हजार पशुपंक्षीको आन्तरीक तथा बाह्य परजिवी नियन्त्रणमा उपयोग गरीने औंषधी, मल्टी भिटामिन तथा बाजोपन नियन्त्रण लगायतका औंषधी बितरण गरिएको र ९० वटा कुकुर र १ वटा बिरालोलाई रेबिज बिरुद्धको खोप  लगाईएको बरेङ गाउँपालिका पशु शाखा प्रमुख नारायण पौडेलले जानकारी दिनु भएको छ ।

« बरेङका मा.वि. तहका विद्यालयलाई वेवसाइट हस्तान्तरण, «

» अखिल छैठौंको धुल्लुबास्कोट र हुग्दिशिरमा प्रशिक्षण भेला सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal