अखिल छैठौंको धुल्लुबास्कोट र हुग्दिशिरमा प्रशिक्षण भेला सम्पन्न
२३ फागुन २०७७ । बरेङ । अखिल छैठांै बागलुङले २४ औं जिल्ला सम्मेलनको पूर्व सन्ध्यामा जिल्लाव्यापी रुपमा आफ्नो गतिविधि तीव्र रुपमा अगाडि बढाएको छ ।
विद्यार्थीको हकहितका लागि आवाज उठाउँदै आएको राष्ट्रिय जनमोर्चा निकट संगठनले आइतबार बरेङ गाउँपालिका वडा नं १ धुल्लुबास्कोट स्थित धुल्लु लिउवा मा. वि. र बरेङ बजार स्थित सर्वाेदय मा.बि.मा ईकाई प्रशिक्षण भेला कार्यक्रम सम्पन्न गरेकोे छ । कार्यक्रममा अखिल छैठौ बागलुङका सल्लाहकार मनिष कडेल, जिल्ला सदस्य गणेश सापकोटा, पुर्व जिल्ला सदस्य आशिष गुरुङ र जिवन थापाले प्रशिक्षण दिनु भएको थियो ।
प्रशिक्षण सँगै संगठनले धुल्लु लिउँवा मा.वि. धुल्लुबास्कोटमा सञ्चालन गरेको भेलाले विपिन परियारको अध्यक्षतामा २७ सदस्यीय अखिल छैठौ धुल्लुलिउवा मा. वि. ईकाई समिति गठन गरेको छ । जसको उपाध्यक्ष मुकेश गिरी, सचिब पुर्णिमा बि.क., सह सचिब रोशन परियार र कोषाध्यक्ष ललिता थापा रहनु भएको छ भने अन्य सदस्य रहनु भएको छ ।
त्यस्तै सर्बाेदय मा.वि. बरेङ बजारमा सम्पन्न भेलाले राजु शर्माको अध्यक्षतामा १७ सदस्यीय अखिल छैठौ सर्बाेदय मा. वि. ईकाई समिति गठन गरेको छ । जसको उपाध्यक्ष प्रबेश शर्मा, सचिब मनिषा थापा, सह सचिब सन्देश थापा र कोषाध्यक्ष गोपाल भण्डारी रहनु भएको छ भने अन्य सदस्य रहनु भएको छ ।
जिल्लाभर प्रशिक्षण तथा भेला आयोजना गरिराखेको विद्यार्थी संगठनले आगामी चैत्र २० र २१ गते जिल्ला सम्मेलन गर्ने बताएको छ ।







