दर्ता. न‌: २४५/०६५/०६६

समुदायकाे सहज पहुँचकाे लागि सामुदायिक औषधी कार्यक्रम

२३ फागुन २०७७ । हरिकुमार केसी, सल्यान ।  बरेङ  गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा औषधि उपचारमा सहज पहुँचको लागि  सामुदायिक औषधि कार्यक्रम आईतबार सल्यान स्वास्थ्य चौकीमा सम्पन्न भएको छ।

कार्यक्रमको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा ले ब्यानर पढेर उदघाटन गर्नुभएको हो । नेपाल सरकार बाट निशुल्क रुपमा वितरण हुने ३८ प्रकारका औषधि प्रयाप्त नभएकाले सर्वसाधारण को पहुँचको लागि १० प्रतिशत  छुटमा औषधि उपलब्ध  गराउन लागिएको हो ।

कार्यक्रम मा प्रमुख अतिथिकाे रूपमा बोल्दै गाउँपालकिाका अध्यक्ष कृष्णप्रसाद शर्माले सामुदायिक औषधि कार्यक्रमले सामान्य उपचारको लागि लामो समय लगाएर धेरै पैसा खर्चनुपर्ने अवस्थाको अन्त्य हुने बताउनु भयो ।शर्माले बरेङ गाउँपालिका नागरिकको स्वास्थ्य प्रतिसंवेदनशील रहेको भन्दै ढुक्क संग स्वास्थ्य चौकी बाट सेवा लिन र दिन आग्रह गर्नु भयो । 

उहाँले सामुदायिक औषधि कार्यक्रम लाई सफल बनाउन स्वास्थ्य कर्मी,जनप्रतनिधि,स्वास्थ्य स्वयं सेविका लगाएत सबै को महत्वपूर्ण भूमिका रहनु पर्नेमा जोड दिनुभयो ।कार्यक्रममा गाउँपालिका अध्यक्ष शर्माले सामुदायिक औषधि कार्यक्रमका लागिआवश्यक सामग्री स्वास्थ्य चौकी लाई हस्तान्तरण गर्नुभएको थियाे ।वडा नम्बर ४ का अध्यक्ष लील बहादुर खत्री को अध्यक्षता र बरेङ गाउँपालकिाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनको सञ्चालन मा सम्पन्न भएको थियाे ।

« अखिल छैठौंको धुल्लुबास्कोट र हुग्दिशिरमा प्रशिक्षण भेला सम्पन्न «

» बरेङ गा‍‍पा ४ थप्लुङमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal