बाटाकाचौरमा अखिल छैठौँको प्रशिक्षण भेला सम्पन्न
२६ फागुन २०७७ । बरेङ । अखिल छैठांैँ बागलुङले २४ औं जिल्ला सम्मेलनको पूर्व सन्ध्यामा जिल्लाव्यापी रुपमा आफ्नो गतिविधि तीव्र रुपमा अगाडि बढाएको छ ।
राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठनले बुधबार बरेङ गाउँपालिका वडा नं ३ बाटाकाचौरको शारदा माध्यमिक विद्यालयमा इकाई प्रशिक्षण भेला कार्यक्रम सम्पन्न गरेकोे हो । कार्यक्रममा अखिल छैठौ बागलुङका सल्लाहकार मनिष कडेल, जिल्ला सदस्य गणेश सापकोटाले प्रशिक्षण दिनु भएको थियो ।
भेलाले अनिल आलेको अध्यक्षतामा ३९ सदस्यीय अखिल छैठौ शारदा मा. वि. इकाई समिति गठन गरेको छ । जसको उपाध्यक्षमा सोभा खत्री, सचिवमा मञ्जु क्षेत्री, सह सचिवमा संगिता क्षेत्री र कोषाध्यक्षमा नविन सार्की रहनु भएको छ भने अन्य सदस्य रहनु भएको छ ।
आगामी चैत्र २० र २१ गते जिल्ला सम्मेलन गर्ने अखिल छैठौँ विद्यार्थी संगठनले जिल्लाभर प्रशिक्षण तथा भेला सञ्चालन गरिराखेकोे छ ।
« बरेङ गापा ४ थप्लुङमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना «







