बरेङमा ६५ वर्ष माथिका वृद्धलाई कोभिड–१९ विरुद्धको खोप,
२७ फागुन २०७७ । बिहानी संवाददाता,बरेङ । बागलुङको बरेङ गाउँपालिका भित्रका पाँच स्वास्थ चौकीमा पालिकाभित्रकै ६५ वर्ष माथिका वृद्धलाई कोभिड–१९ विरुद्धको खोप बिहीबार निःशुल्क रुपमा लगाइएको छ ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयको दोस्रो चरणको कोभिड–१९ विरुद्धको खोप लगाउने सूचना तथा प्राप्त किटका आधारमा स्थानीय तहका स्वास्थ्य चौकीमा नै खोप लगाइएको हो ।
बरेङ गाउँपालिका वडा नं. २ हुग्दिशीर सिग्दी निवासी ९० वर्षीय जेष्ठ नागरिक गंगा पुनले पनि कोभिड–१९ विरुद्धको खोप लगाउनु भयो । खोप लगाउनु भयो कति विश्वास लागेको छ खोपको भनेर हामीले साधेका थियौ उहाँले विद्धानहरुले खोज गरेर बनाएको खोपमा ढुक्क भएको बताउनुभयो ।
बरेङ गाउँपालिकाको ५ वटै स्वास्थ्य चौकीका खोप केन्द्रमा २ सय ३७ जना महिला र २ सय ४६ जना पुरुष गरी ४ सय ८३ जनालाई कोभिड–१९ विरुद्धको खोप लगाईएको पालिकाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले बताउनु भयो ।
वडा नम्बर १ धुल्लुबास्कोटमा १०० जना, वडा नम्बर २ हुग्दिशिरमा १४० जना, वडा नम्बर ३ बाटाकाचौरमा १०० जना ,वडा नम्बर ४ सल्यानमा ८९ र वडा नम्बर ५ सुखौरामा ५४ जना गरि ४८३ जनाले निशुल्क खोप लगाएका हुन् ।
कोभिड–१९ विरुद्धको खोप लगाउन शुक्रबार समेत आ–आफ्ना जेष्ठ नागरिकहरुलाई सकरात्मक सन्देश दिई तोकिएको खोप केन्द्रमा उपस्थित बनाउन स्वास्थ्य शाखा प्रमुख पुनले अनुरोध गर्नु भएको छ ।
१४ सय ३७ बढी वृद्धको संख्या रहेको यस पालिकामा हाल ७९० किट प्राप्त भएकाले त्यती नै संख्यामा खोप दिईने र बाँकी जेष्ठ नागरिकलाई चैत्र महिनाको दोस्रो हप्ता लगाईने बताइएको छ ।
« बाटाकाचौरमा अखिल छैठौँको प्रशिक्षण भेला सम्पन्न «
» बिहानी बहुउद्देश्यीय सहकारी संस्थाद्धारा मृतक शेयर सदस्यको परिवारलाई राहत रकम हस्तान्तरण »







