दर्ता. न‌: २४५/०६५/०६६

बिहानी बहुउद्देश्यीय सहकारी संस्थाद्धारा मृतक शेयर सदस्यको परिवारलाई राहत रकम हस्तान्तरण

Photo: Prakash Chhantyal

२७ फागुुन २०७७ । विहानी संवाददाता । बागलुङको बरेङ गाउँपालिका बरेङ बजार स्थित विहानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बिहीबार मृतक शेयर सदस्यको परिवारलाई राहत रकम हस्तान्तरण गरेको छ । 

संस्थाको नियमानुसार आफ्नो शेयर सदस्यको मृत्यु पश्चात संस्थाले राहत स्वरुप पाँच हजार नगद सहयोग गर्दै आइराखेको संस्थाका अध्यक्ष पूर्णबहादुर पुनले बताउनुभयो ।

बरेङ गाँउपालिका वडा नं.२ हुग्दिशिर साविकको वडा नम्बर ८ गुरुङधारा निवासी संस्थाको शेयर सदस्य वर्ष ३८ की सरस्वती घर्ती मगर (मुना थापा)को फागुन २२ गते शनिबार  भिरबाट लडेर मृत्यु भएको थियो । मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्तिको कामना गर्दै संस्थाका लेखा संयोजक तथा सर्वोदय मा.वि.का प्रधानध्यापक ठगराज शर्माले मृत्यु राहत रकम ५ हजार रुपैंया परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।

शोक सभामा संस्थाका सल्लाहकार तथा बरेङ गाँउपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले समवेदना प्रकट गर्दै परिवारजनप्रति सहानुभूती व्यक्त गर्नुभएको थियो । 

« बरेङमा ६५ वर्ष माथिका वृद्धलाई कोभिड–१९ विरुद्धको खोप, «

» हरेक शनिवार बरेङबजार बन्द रहने,३ दिन फोहोर ब्यवस्थापन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal