दर्ता. न‌: २४५/०६५/०६६

हरेक शनिवार बरेङबजार बन्द रहने,३ दिन फोहोर ब्यवस्थापन

०७ चैत्र २०७७, बरेङ । अबदेखि हरेक हप्ताको शनिवार बरेङ गाँउपालिका स्थित बरेङ बजार बन्द रहने भएको छ भने महिनाको ३ दिन बजार क्षेत्र अन्र्तगतको फोहोर व्यवस्थापन गरिने भएको छ । बरेङ बजार ब्यबस्थापन समितिको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार बन्द रहने दिन शनिबार साँझ ५ बजेपछि मात्रै पसलहरु खुल्ने छन् भने निर्णयको उल्लङ्घन गर्नेलाई रु १ हजार जरिवाना तोकिएको छ । “मेडिकल, होटेल, तरकारी फलफुल तथा मासु पसल भने नियम मान्न बाध्य हुने छैनन् ।” निर्णयमा उल्लेख छ ।

त्यस्तै अबदेखि हरेक महिनाको १० गते २० गते र मसान्त गरि ३ दिन फोहोर व्यवस्थापन गरिने भएको छ । तोकिएका यि ३ दिन फोहोर शंकलनका लागी ट्याक्टर पठाईने छ भने फोहरहरु संकलन गरेर राख्न र संकलन गरिएको फोहोर गाडीलाई दिनका लागि अनुरोध गरिएको छ । 

निर्णय तथा यस संबन्धि सूचना लाई बेवास्ता गरेर बजार क्षेत्रमा जथाभाबि फोहोर फाल्ने जलाउने तथा तोकिएको दिन पसल तथा ब्यापार ब्यबसाय खोलेको पाईएमा निर्णय अनुसारको कारबाही तथा जरिवाना समेत गरिने निर्णयमा उल्लेख गरिएको छ ।

व्यपार व्यवसाय तथा पसलहरु दर्ता तथा नबिकरण गर्न समेत बजार समितिले आह्वान गरेको छ । फोहर ब्यबस्थापन बापत रु १००, नबिकरण रु २५० र नयाँ दर्ता रु ५०० शुल्क लाग्ने निर्णयमा उल्लेख छ । 

« बिहानी बहुउद्देश्यीय सहकारी संस्थाद्धारा मृतक शेयर सदस्यको परिवारलाई राहत रकम हस्तान्तरण «

» बरेङमा प्र.राे.का.कत्तिकाे प्रभावकारी, अध्ययन टाेलीद्धारा अनुगमन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal