दर्ता. न‌: २४५/०६५/०६६

‘अनलाईन तिज कम्पिटिसन २०७५’उत्कृष्ट ६ को स्टेजमै घम्साघम्सी,मिना बनिन् बिजेता उपबिजेतामा बिरु ।

२८ भाद्र २०७५, बरेङ । सामुदायिक रेडियो बिहानी ८९ मेघाहर्ज बरेङ बागलुङले यस बर्ष आयोजना गरेको ‘अनलाईन तिज कम्पिटिसन २०७५’ सम्पन्न भएको छ । हरितालिका तिजको अबसर पारेर आयोजना गरिएको कार्यक्रम  उत्कृष्ट ६ मा पर्न सफल प्रतिस्पर्धीहरुलाई स्टेजमा लाईभ प्रतिस्पर्धामा उतार्दै सम्पन्न भएको हो ।

null

“पुराना पुस्तालाई सम्मान गर्दै नायाँलाई प्रोत्साहन, लुकेर रहेका प्रतिभाको खोजि गर्ने हाम्रो अभियान” मुख्य नारा तय गर्दै बिहिबार सम्पन्न फाईनल चरणको कार्यक्रमबाट जैमिनी नगर पालिका–८ छिस्ती बागलुङकी सहभागी मिना थापा बिजेता बन्न सफल भएकी छिन भने बरेङ गाँउपालिका वडा नं. ३ बाटाकाचौर बाट सहभागिता जनाएका बिरु बोहोरा उप बिजेत बनेका छन् । बिजेताले ८ हजार तथा उपबिजेताले ५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

उत्कृट ६ मा पर्दै अन्य सहभागि प्रतिस्पर्धीहरु जिया मगर कालिगण्डकी गाउपालिका अर्बेनी गुल्मी, देबि रुचाल बरेङ गाँउपालिका ३ बाटाकाचौर बागलुङ, अमिशा थापा जैमिनि नगर पालिका ९ पैञ्युथन्थाप बागलुङ र अश्मी क्षेत्री कालिगण्डकी गाँउपालिका ७ गुल्मीले फाईनल राउण्डमा प्रतिस्पर्धा गरेका थिए । उत्कृट ६ मा पर्न सफल प्रतिस्पर्धीहरुको निकै उच्च प्रतिश्पर्धामा घम्साघम्सी चलेको थियो, जसले हजारौ दर्शकहरुलाई रोमाञ्चकता प्रदान गरेको थियो ।

बिषेश गरि आफ्ना श्रोताहरु लाई लक्षित गर्दै श्रावण २८ गते बाट शुरु गरिएको यस बर्षको ‘अनलाईन तिज कम्पिटिसन २०७५’ अन्र्तगतको पहिलो चरणको कार्यक्रम भाद्र ९ गते सम्म उत्कृष्ट २६ प्रतिस्पर्धीलाई दोस्रो चरणमा प्रबेश गराउदैं सम्पन्न भएको थियो भने दोस्रो बाट तेस्रो मा १२ हुदै तेस्रो बाट फाईनल चरणमा ६ जना प्रबेश गरेका थिए । पहिलो चरणमा ८५ जना प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए भने रेडियो बिहानी ८९ मेघाहर्जका प्राबिधिक प्रमुख तथा प्रस्तोता प्रेम पुनले ‘अनलाईन तिज कम्पिटिसन २०७५’ को र्लाइभ रेडियो कार्यक्रम सञ्चालन गरेका थिए ।

उत्कृष्ट ६ मा पर्न सफल प्रतिस्पर्धीहरुलाई फाईनल चरणमा ५÷५ टुक्का हारमोनियमको कणमा गाउन दिईएको थियो भने  शुरु देखिनै निर्णायक मण्डलको भुमिका निभाउदै आएका निर्णायक प्रगतिशिल गायक थुमराज ढुङगाना र राष्ट्रिय लोक तथा दोहोरी गायक उदय पुन तथा रेडियो बिहानीका स्टेशन को– अर्डिनेटर प्रकाश छन्त्याल निर्णायकको भुमिकामा रहेका थिए त्यस्तै प्रगतिशिल गायिका डिल कुमारि पुन पनि कार्यक्रम अबधीभर निर्णायकको रुपमा रहेका थिए ।

‘अनलाईन तिज कम्पिटिसन २०७५’ सामुदायिक रेडियो बिहानी ८९ मेघाहर्जले २०७३ साल देखि प्रत्यक बर्ष सञ्चालन गर्दै आएको छ भने यस बर्षको कार्यक्रम केशबराज क्षेत्रीको बिषेश संयोजनमा सम्पन्न भएको हो । कार्यक्रम जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाको प्रमुख आतिथ्यता, बिहानी बहुद्धेश्यीय सहकारि संस्था लि. का अध्यक्ष पुर्ण बहादुर पुनको अध्यक्षता तथा प्रबन्धक शेखर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

« अखिल नेपाल युवक संघ हुग्दिशिरको भेला सप्पन्न, सुनारको नेतृत्वमा १३ सदस्यीय वडा कमिटी गठन । «

» गायिका शर्मिला गुरुङको ‘पानै र चौकाले’ बरेङ तिज मेलामा धमक्का ! »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal