दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा ट्याक्टर दुर्घटना, ३ जना घाइते

८ चैत्र २०७७। हरि कुमार केसी, बरेङ । बरेङमा ट्याक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। गुल्मीको शान्तिपुर बाट बाटोमा ग्याभिन निर्माण को लागि आबश्यक जाली लिएर बरेङ् गाउँपालिका वडा नम्बर ४ को सल्लेरी जाँदै गरेको ध १ त ४८२ नम्बरको ट्याक्टर सल्लेरीको उकालोमा अनियन्त्रित भएर दुर्घटना भएको हो। 


 दुर्घटनामा ट्याक्टर चालक खोटांगको हलेशी गाउँपालिका ५ का १८ बर्षिय केवल महरा गम्भीर घाइते भएका छन्। उनलाई उपचारको लागि पाल्पा पाठाईएको छ। दुर्घटनामा घाइते दैलेख को नारायणी नगरपालिका ६ का हस्त बहादुर मगर र निजको श्रीमती मनिसा मगर को शान्तिपुर स्थित स्थानीय मेडिकलमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय बरेङ्का सूचना प्रमुख प्रहरी नायब निरीक्षक नारायण प्रसाद पौडेलले जानकारी दिनुभयो। 

 दुर्घटना बिहान अन्दाजी ९ बजे भएको हो। दुर्घटना लगत्तै बाटाकाचौर प्रहरी चौकी नयाबजार बाट खटिएको प्रहरी टोलीले घाइतेको उद्दार गरि उपचारका लागि पठाएको हो।

« बरेङमा प्र.राे.का.कत्तिकाे प्रभावकारी, अध्ययन टाेलीद्धारा अनुगमन «

» मंगलापुर युवा विकास केन्द्र गुरुङधाराको ५ औँ वार्षिकोत्सवको मूल समारोह सम्पन्न, जेष्ठ नागरिकलाई सम्मान »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal