दर्ता. न‌: २४५/०६५/०६६

मंगलापुर युवा विकास केन्द्र गुरुङधाराको ५ औँ वार्षिकोत्सवको मूल समारोह सम्पन्न, जेष्ठ नागरिकलाई सम्मान

१४ चैत्र २०७७ । हुग्दिशिर, दिपेन्द्र परियार । मंगलापुर युवा विकास केन्द्र बरेङ गाँउपालिका २ हुग्दिशिर गुरुङधाराले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । आफ्नो ५ औ वार्षिकोत्सवको मूलसमारोहमा क्लबले १४ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै विशिष्टि अतिथि बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले समाज परिवर्तन र विकासमा जेष्ठ नागरिकको महत्वपूर्ण योगदान रहेको भन्दै उनिहरुको अनुभव र योगदानको उच्च सम्मान गर्नु सबैको दायित्व भएको  बताउनुभयो ।  

अहिलेको अबस्थामा क्लबहरुले मनोरञ्जन र वार्षिकउत्सव  मनाउनका लागि मात्र खेलकुद सञ्चालन गर्ने गरेको अँौल्याउदै शर्माले मानव स्वास्थ्य,अनुशासन र राष्ट्रका लागि खेल खेल्न खेलाडि तथा क्लबहरुलाई सुझाव दिनुभयो । 

विभिन्न क्लबहरुले आयोजना गर्ने वार्षिकोत्सव, मेला महोत्सवले गाउँगाउँ को पहिचान र समाज परिवर्तनका लागि महत्व बोकेको बताउँदै खेलमा देखिएका त्रुटिलाई सुधार्दै रचनात्मक र समाजलाई फाइदा हुने खालका कार्यक्रम राख्नुपर्नेमा शर्माको जोड दिनुभयो ।

त्यस्तै कार्यक्रमका अतिथि बरेङ गाँउपालिकाका शिक्षा यृुवा तथा खेलकुद समितिका संयोजक नर बहादुर बिकले पालिका भित्रका युवा क्लब हरुले कार्यक्रमलाई थप व्यवस्थित गर्दै अनुशासित र व्यावसायिक खेलाडि उत्पादन गर्न तर्फ लाग्नुपर्ने बताउनुभयो । बरेङ एरियामा खेल क्षेत्रबाट क्षेत्रीय तथा राष्टिय«  स्तरसम्म खेलाडि पुगे पनि समन्वय नहुँदा खेल क्षेत्र पछाडि परेको आभास भएको बताउँदै क्लब तथा युवाहरुले गुनासो मात्र गर्नु भन्दा पनि सम्बन्धित निकाय सँगको समझदारीमा अगाडि बढेमा प्रगतिको बाटो तर्फ उन्मुख हुन सजिलो हुने  भनाई व्यक्त गर्नुभयो  ।

क्लबले ५औँ वार्षिकोत्सवको अवसरमा पुरुष भलिबल, महिला भलिबल प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता लगाएतका कार्यक्रमहरु आयोजना गरेको छ ।

मूल समारोक कार्यक्रममा एमालेका प्रतिनिधि झोम बहादुर थापा, राजमो बरेङ गापा अध्यक्ष हिरा बहादुर थापा, वडा नम्बर २ का अध्यक्ष गुप्त प्रसाद काला लगाएतले मन्तव्य राख्नु भएको थियो । पुर्व क्षेत्रीय खेलाडि तथा क्लब का सदस्य शेर बहादुर थापाको प्रमुुख आतित्थ्यता, क्लबका अध्यक्ष जगदिश थापाको अध्यक्षता, सदस्य काशिराम पौडेलको स्वागत र सचिव दुर्गा बहादुर थापाको सञ्चालनमा  कार्यक्रम सम्पन्न भएको थियो ।

« बरेङमा ट्याक्टर दुर्घटना, ३ जना घाइते «

» शिक्षा तर्फ गरेको लगानी र विद्यार्थीहरुको वास्तविक प्रगति पत्ता लगाउन पालिका स्तरीय उपलव्धि परिक्षा सञ्चालन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal